
धादिङ माघ २२ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवम् पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई भोली धादिङबेसीमा नेकपा धादिङ प्रचण्ड-नेपाल पक्षले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्न आउने हुनुभएको छ ।
१५ हजार भन्दा बढी जन सहभागितामा विरोध र्याली गर्ने तयारी भएको गरेको नेकपा धादिङले र्याली पछि हुने सभा सम्बोधन गर्न नेता योगेश भट्टराई आउने पक्का भएको जिल्ला इन्चार्ज शालिकराम जम्कट्टेलले धादिङपोष्टलाई जानकारी दिनु भयो ।
केन्दीय दुई अध्यक्ष मध्य एक जनालाई ल्याउने तयारी गरेको नेकपा धादिङले अध्यक्षहरु नआउने भए सँगै स्थायी समिति सदस्य भट्टराईलाई ल्याउने भएको हो ।
प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध भन्दै आन्दोलनमा उत्रिएको प्रचण्ड नेपाल पक्ष नेकपा धादिङले सदरमुकाम केन्द्रत जिल्ला स्तरीय विरोध प्रदर्शन कार्यक्रम यो पहिलो हो ।
