
धादिङ माघ १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले माघ २३ गते धादिङबेसी सदरमुकाममा बृहत जनप्रदर्शन गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गैर संवैधानिक रुपमा प्रतिनीधि सभा भंग गरि निर्वाचनको घोषणा गरेको विरोध प्रदर्शनमा प्रचण्ड-नेपाल पक्षले धादिङबेसीमा पहिलो पटक माघ २३ गते जिल्ला स्तरिय बृहत जनप्रदर्शन गर्ने भएको हो ।
काठमाडौं केन्द्रित प्रदर्शनमा धादिङबाट उल्लेख्य कार्यकर्ता सहभागि गराएको नेकपा धादिङ प्रचण्ड-पक्षले माघ २३ गते सबै पालिकाको वडा, टोल सम्मबाट गाडी रिजर्भ गरि प्रदर्शनमा जनता उतार्ने तयारीमा जुटेको बताईएको छ ।
