
धादिङ पुस २८ । धादिङको सिद्धलेक गाउँपालिका ४ स्थित सलाङ गौंथलेमा आजबाट खिनबहादुर थापा स्मृति कप भलिबल हुने भएको छ ।
प्रथम पुरस्कार २५ हजार रहेको उक्त वडा स्तरीयपुरुष भलिबल प्रतियोगिता को उद्घाटन आज बिहान ११ बजे एक कार्यक्रमका बीच वडा अध्यक्ष रामहरि बराकोटीले गर्ने सन्दिप थापा मगरले धादिङपोष्टलाई बताउनु भयो । प्रतियोगितामा ८ टिमको सहभागितामा रहने छ ।
यो पनि पढौं
स्व. खिन बहादुर थापा बारे
खिनबहादुर थापालाई तात्कालिन जनयुद्धको क्रममा २०६० मंसिर २६ गते तात्कालिन विद्रोही पक्ष नेकपा (माओवादी) कार्यकर्ताहरुले हत्या गरेका थिए । सामाजिक अभियान्ता एवम् तात्कालिन अवस्थामा एमालेका जुझारु शालिन नेता स्व. खिनबहादुर थापाको स्मरण गर्दै सलाङमा यो प्रतियोगिताको आयोजना गरिएको हो ।
