
धादिङ पुस २७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्ष गजुरीले गलौंदीमा कार्यकर्ता प्रशिक्षण कायक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम् केन्द्रीय सदस्य राजेन्द्र पाण्डेले जनताहरुलाई ओलीको असंवैधानिक कदम विरुद्ध सडकमा ल्याउन कार्यकर्ताहरु निर्देशन दिनु भएको थियो ।
अदालतले फैसला गर्दै गर्ला, त्यो भन्दा पहिला जनताले फैसला गर्ने बताउँदै नेता पाण्डेले बलिदानी पूर्ण आन्दोलनबाट ल्याईएको गणतन्त्रलाई सिध्याउने गरि ओलीले असंवैधानीक कदम चालेकोले आन्दोलनको विकल्प नरहेको बताउनु भएको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्यहरु गंगालाल तुलाधर, शालिकराम जमकट्टेल, प्रदेश नेताहरु मायादेवि शर्मा, रामबहादुर भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।
