धादिङको ग्रामिण यातायात सहकारीको चुनाव माघ १० गते तोकियो

Avatar photo
Dhadingpost
पुस २५, २०७७

धादिङ पुस २५ । धादिङको ग्रामिण यातायात सहकारीको नयाँ नेतृत्व चयनमा सहमति नजुटे पछि अन्तत: चुनावी प्रक्रियामा जाने भएको छ ।

५४३ जना सेयर सदस्य रहेको यस सहकारीको १२ औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेस शनिबार एक विशेष कार्यक्रममा बीच प्रदेश सदस्य एवम् नेकपा धादिङका इन्चार्ज शालिकराज जम्कट्टेलले उद्घाटन गन थियो ।

स्रोतका अनुसार अध्यक्षका आकाँक्षीहरु पूर्व अध्यक्ष राम घले र नि वर्तमान कोषाध्यक्ष बद्री सुवेदी थिए । सहमतिको आधार तयभए आफुलाई महासचिव दिए अध्यक्ष घलेलाई छाड्न सुवेदी तयार थिए । तर महासचिवमा अन्य आँकाक्षी देखिएपछि सहमति गर्न भन्दै निर्वाचन कमिटीले माघ ९ गते उम्मेदवारी दर्ता र निर्वाचन माघ १० गते हुने घोषणा गरेको थियो ।

यस अघिको समाचार
ग्रामिण यातायात सहकारीको अध्यक्षमा राम घले र बद्री सुवेदीको दावी (को बन्ला अध्यक्ष)