धादिङको गलौंदीबाट महेश बस्नेतद्वारा सडक हैन चुनाव रोज्न दलहरुलाई आव्हान

Avatar photo
Dhadingpost
पुस १८, २०७७

धादिङ गजुरी पुस १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्व मन्त्री महेश बस्नेतले सडक संघर्षमा रहेका दलहरुलाई सडक हैन चुनाव रोज्न आब्हान गर्नु भएको छ ।

गजुरी गाउँपालिका स्थित गलौंदीमा ओली पक्षद्वारा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू धादिङ प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. २ को क्षेत्रिय भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले चुनाव देखि डराउने लोकतान्त्रवादी हुन नसक्ने बताउनु भएको हो ।

ओली पक्षको उक्त भेलामा गालौंदी स्थित कभर्डहल युवाहरुले खचाखच भरिएका थिए । प्रधानमन्त्रीको ओलोचना गर्न केहि मान्छेहरु गाउँ पसेका छन् तपाईहरु चुनावी तयारीमा लाग्नुस कार्यकर्तालाई निदेशन दिँदै नेता बस्नेतले चुनाव चिन्ह सूर्य र नेकपा कानुन सम्मत प्रचण्ड-नेपाल गुटको नहुने बताउनु भएको भेलामा सहभागि एक नेताले धादिङपोष्टलाई बताउनु भयो ।

उक्त कार्यक्रममा बिघटित प्रतिनीधि सभा सदस्य खेम प्रसाद लोहनी, भुमि त्रिपाठी, जिल्ला समय समिति धादिङका प्रमुख जगननाथ नेपाल, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य रमेश आचार्य, राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष दिपक खतिवडा लगायतको आतिथ्यता रहेको थियो ।