
भिम ग्यावा तामाङ
धादिङ पुस १३ । धादिङको खनियाबास गाउँपालिका ३ सिङ्गङमा खुल्ला अन्तर क्लव स्तरिय भलिबल प्रतियोगिताको उपाधि अहिंसावादी युवा क्लव सत्यदेविले हात पारेको छ ।
आईतबार दिउँसो भएको फाइनल खेलमा आयोजक सिङ्गङ एकता समाज दार्खा र अहिंसावादी युवा क्लव सत्यदेवि बीच कडा प्रतिस्पर्धा भएको थियो जसमा आयोजक सिङ्गङलाई हराउन अहिंसावादी युवा क्लव सत्यदेविले फाइनलमा ३ सेट जित्नु परेको थियो ।
यो सँगै आयोजक सिङ्गङ एकता समाज दार्खाले उप विजेतामा चित्त बुझायो भने तेर्सो पोजिसनका लागि भएको पराम्हेन्दो युवा क्लव गंगाजमुना र कुताल युवा समाज गंगाजमुना बीच भएको थियो । यो खेलमा पराम्हेन्दोले बाजि मारेको थियो ।
प्रतियोगितामा विजयी टिमलाई क्रमशः ५१ हजार, २८ हजार, १५ हजार, ३ हजार शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी आयोजक कै दिलिप तामाङ बने ।

यस भलिबल प्रतियोगितामा खनियाबास, नेत्रावती डब्जोङ, गंगाजमुना, रुबीभ्याली, नुवाकोटबाट २० टिम सहभागि रहेका थिए ।
पुरस्कार वितरण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता सेकेमान तामाङको प्रमुख आतिथ्यता, नेकपा नेता प्रदिप फ्युवाको विशेष आतिथ्यता र आयोजक सिंङ्गङ एकता समाजका अध्यक्ष जस बहादुर तामाङको सभापतित्व रहेको थियो ।
