बोदनाथ दुवाडीद्वारा उद्योग वाणिज्य महासंघको चुनावमा भोटको लागि अपिल

Avatar photo
Dhadingpost
मंसिर ४, २०७७

धादिङ मंसिर ४ । धादिङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बोदनाथ दुवाडीले नेपाल उद्योग बाणिज्य महासंघको मंसिर ११ गतेबाट हुने ५४ औं साधारणसभा (नेतृत्व चयनको महाधिवेसन) सदस्य पदका लागि उम्मेद्वारी दिनु भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानलबाट सदस्य पदका लागि उम्मेदवारी दिनु भएको दुवाडीले चुनावका लागि मताधिकार प्राप्त सदस्यहरुका लागि आफ्नो प्यानललाई मत दिन अपिल गर्नुभएको हो ।

यसकारण दुवाडीको जित सुनिश्चित धादिङ अध्यक्ष खत्री

धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीले महासंघको चुनाव प्रचार प्रसारको लागि जिल्ला दौडाह सकेर धादिङ फर्के लग्गतै धादिङका बोदनाथ दुवाडीको जित सुनिश्चित रहेको बताउनु भएको छ ।

धादिङले चन्द्रप्रसाद ढकालको प्यानलबाट जिल्ला तथा नगरका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारी बन्नु र यो प्यानलबाट दुवाडी सदस्य पदमा उम्मेदवारी हुन पाउनु नै जितको पहिलो आधार रहेको बताउनु भएको हो । जिल्ला दौडाहका क्रममा पनि चन्द्र ढकालको पक्षमा माहौल देखिएको भन्दै खत्रीले महासंघको सदस्यका लागि धादिङका बोदनाथ दुवाडीले चुनाव जित्नेमा आफु ढुक्क रहेको बताउनु भएको छ ।

धादिङका अध्यक्ष खत्रीका अनु्सार चन्द्र ढकालको प्यानलले जित्ने आधार भनेको वाग्मती प्रदेशका १६ जिल्ला नगर अध्यक्षमध्ये १२ ओटा जिल्ला नगर अध्यक्षले एकछापे भोट हाल्ने उद्घोष गरि सकेका छन् भने अन्य प्रदेशहरुको उद्घोष पनि यस्तै रहेको छ ।

x