बेनीघाटको नि:शुल्क कपडा घरबाट दशैंमा २०० भन्दा बढी लाभान्वित

Avatar photo
Dhadingpost
कार्तिक ११, २०७७

धादिङ कार्तिक ११ । धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित बेनीघाट बजारमा रहेको नि:शुल्क कपडा घरबाट यो दशैंमा मात्रै २०० भन्दा बढी लाभान्वित बनेका छन् ।

गरीव असाह्यका लागि लक्ष्यित युवाहरुले संचालनमा ल्याएका नि:शुल्क कपडा घरबाट यो दशैंमा मात्रै २०० भन्दा बढी जनाले निशुल्क लुगा लगेको युवा अगुवा समाजसेवी दिपेश कडेलले जानकारी दिनु भयो ।

सबैलाई खाना र नाना भन्ने निशुल्क कपडा घरको अभियानलाई साथ दिदै चाडबाडको विशेष अवसरमा राजु मगर, मुहोमद मिया, कृष्ण बस्नेत, इश्वर राना मगर, सुरज खान मुस्तकीम मिया (Highway Magic परिवार) बाट ८ केजि खसिको मासु सहयोग गर्नुभएको र उक्त मासु बिशालटार, बेनिघाट, बहुनटारका, सलाङघाटकाका आर्थिक स्थिति कम्जोर भएका ब्यक्तिहरुलाई वितरण गरिएको समेत कडेलले बताउनु भयो ।

खाना छाना नानाबाट कोहि पनि बन्चित हुन हुदैन भन्ने नि:शुल्क कपडा घरको मान्यता हो । यहि मान्यतालाई विभिन्न व्यक्तिहरुले स्वच्छिक सहयोग पनि गर्नुभएको छ । दशै लक्ष्यित गरेर समाजसेवीका रुपमा आफ्नो परिचय बनाउँदै गर्नु भएका रमेश धमला दम्पतीले १० बोरा कपडा सहयोग गर्नुभएको समेत कडेलले धादिङपोष्टलाई बताउनु भयो ।