
धादिङ कार्तिक ८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङका नेता तथा संघीय सांसद भुमी त्रिपाठीले दशैको महाअष्ठमीको अवसरमा स्कुल बसलाई बिधिवत पुजा गर्नुभएको छ ।
प्रदेश सरकारको अनुदानमा बागेश्वरी उच्च माविले प्रप्त गरेको उक्त स्कुल बसलाई
महाअष्ठमी अवसरमा संघीय संसाद भूमी त्रिपाठी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुवन त्रिपाठीले बिधिवत पुजा गर्नु भएको हो ।
कर छुटमा २५ लाखको लागतको उक्त बस ४२ सिटको रहेको छ । कक्षा १२ सम्म पढाईहुने यस विद्यालयमा १२ सय जना विद्यार्थी रहेको प्राधानाध्यापक शेरबहादुर अधिकारीले धादिङपोष्टलाई बताउनु भयो ।
प्रदेश सरकारको अनुदानमा विद्यालयले बस पाएको छ यसले राजमार्ग क्षेत्रका विद्यार्थीहरुलाई विद्यालय आउन जान ठुलो मद्दत पुग्ने छ भने अन्य बसको लागि पनि पहल भै रहेको प्रअ अधिकारीले बताउनु भयो ।
यो पनि
