
धादिङ कार्तिक ५ । धादिङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) पुण्य विक्रम पौडेल सहित धादिङमा बुधबार १०१ जनालाई कोरोना पोजेटिभ भएको पुष्टि भएको छ । यो संगै धादिङमा कोरोना पोजेटिभ देखिनेको संख्या १ हजार पुगेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
धादिङमा हाल सम्मको संक्रमित १ हजार जना मध्य १० जनाको मृत्यु भएको छ भने ४८० जना निको हुनेको संख्या पुगेको छ ।
धादिङमा बुधबार (आज) संक्रमित हुनेहरुमा नीलकण्ठ नगरपालिकामा ४३ जना, धुनीबेसी नगरपालिकामा ३ जना, गल्छी गाउँ पालिकामा २ जना, गजुरी गाउँ पालिकामा १६ जना, बेनीघाट रोराङमा ४ जना, ज्वालामुखीमा ३ जना, त्रिपुरा सुन्दरी गाउँपालिकामा २ जना, थाक्रे गाउँपालिकामा ३ जना, धादिङ अस्पतालमा २५ जना रहेको छन्
आजै ज्वालामुखि गाउँपालिका चैनपुरका निवासी संघीय सांसद खेम लोहनीका भाई मोहनको कोरोनाका कारण मृत्यु

