धादिङमा साँच्चै नमुना बन्दै, बडहरे नमुना पशु-पन्छी तथा कृषि फर्म

Avatar photo
Dhadingpost
अशोज ३०, २०७७

धादिङ असोज ३० । धादिङको त्रीपुरासुन्दरी गाउँपालिका स्थित ७ मा संचलनमा आएको नमुना पशु(पन्छी तथा कृषि फर्म नाम जस्तै नमुना बन्दै गरेको छ ।

आधुनिक प्रविधि युक्त व्यवसायीक कृषि प्रणलिलाई अत्मसाथ गर्दै अगाडी बढेको यस फर्मलाई लगानीको पहिलो चरण मै बैशाख परेको असिना पानीले लाखौंको क्षेती बनायो तर पनि संचालनक युवाहरुले हरेस खाएनन् र आधुनिक प्रविधि युक्त कृषि व्यवसायलाई अगाडी बढाई रहे ।

त्रिपुरेश्वर साना किसान कृषि सहकारी मार्फत कृषि प्रशिक्षार्थि कार्यक्रम अन्तर्गत इजरायलमा ११ महिने कृषि तालिम पश्चात् आफ्नै गाउँमा बडहरे नमुना पशु-पन्छी तथा कृषि फर्म सन्चालन आए सँगैं कृषिले गाउँमा नयाँ रोजगारी ल्याएको बताउनुहुन्छ संचालक नारायण (राजन खड्का)
अहिले यहि फर्मको कारण गाउँमा बेरोजगारी ययुवाहरूलाई कृषि कार्यमा उत्साह जन्माएको छ ।

कृषि आत्मसम्मान रोजगारी सिर्जना भन्ने मुल नाराको साथ संचालनमा आएको यस कृषि फर्मले अहिले १५ वटा टनेल संचालनमा ल्याएको छ भने १० थप्ने तयारी गरि रहेको छ ।

असिना पानीले बडहरे नमुना पशु-पन्छी तथा कृषि फर्ममा १५ लाखको क्षेति

x