
धादिङ असोज २६ । धादिङको पर्यटकिय स्थल सिद्धलेक गाउँपालिका स्थित नलाङमा अवस्थित सिद्धबाबा मन्दिर आसपासमा योगी भगिरथ नाथले २०० भन्दा बढी रुद्राराक्षको विरुवा रोप्ने तयारी गर्नुभएको छ ।
धार्मिक स्थल देवघाटमा बस्दै आउनु भएका योगी भगिरथले दशैको घटस्थापनाको दिन सिद्धलेक परिसरमा १०८ रुद्राराक्षको बिरुवा रोप्ने सम्पूर्ण तयारी सकिएको र अन्य विरुवा सिद्धलेक आसपासको बस्तीमा एक घर, एक विरुवा वितरण गर्ने धादिङपोष्टलाई बताउनु भयो ।
धार्मिक स्थलको सुन्दरता र आर्थिक लाभ पनि रुद्राराक्षबाट लिन सकिने हुँदा सिद्धलेक आसपासका स्थानीयहरुलाई समेत नि:शुल्क रुद्राराक्षको बिरुवा वितरण गर्दैछु योगीले बताउनु भयो ।
देवघाटमा बस्दै आउनु भएको छ, पैसा कहाँ पाउनुभयो यत्रो विरुवा नि:शुल्क गर्न भन्ने हाम्रो जिज्ञासामा योगी भगिरथ नाथ भन्नु हुन्छ, आफु जन्मेको गाउँमा केहि त गर्नै पर्यो नि, भक्तहरुले दिएको दान (भेटी) नै आर्थिक स्रोत हो ।
