धुर्मुुस-सुन्तली फाउण्डेसनलाई बागमती प्रदेश सरकारद्वारा ३ करोड प्रदान

Avatar photo
Dhadingpost
अशोज २२, २०७७

धादिङ असोज २२ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारले धुर्मुस–सुन्तली फाउन्डेसनलाई ३ करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ३ करोड रकमको चेक हस्तान्तरण गर्नु भएको हो ।