नेत्रावती डब्जोङ ताङ्चामा काँग्रेस र राप्रपा छाड्दै नेकपामा प्रवेस

Avatar photo
Dhadingpost
अशोज १३, २०७७

धादिङ असोज १३ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका २ स्थित ताङ्चामा १०० जना भन्दा बढी काँग्रेस र राप्रपा कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेस गरेका छन् ।

प्रदेश सांसद डा. रामकुमार अधिकारीले मंगलबार नेत्रावती डब्जोङ २ ताङ्चा पुगेर व प्रवेसीहरुलाई खादा र टिका लगाई स्वागत गर्नु भएको थियो ।

पार्टी प्रवेस गराउँदै प्रदेश संसाद अधिकारीले मुलकु परिवर्त नेकपाले नै गर्ने र आम जनताको भवना नै नेकपा विचार भएकोले ढिलो चाँडो अन्य पार्टीमा रहेका सचेत नागरिकहरु नेकपामा यसै गरि प्रवेस गर्ने र उनीहरुलाई प्रवेस गराउन आफु आतुर रहेको बताउनु भएको सुरेश लोप्चनले बताउनु भयो ।

केहि महिना यता धादिङमा काँग्रेस र नेकपा बीच पार्टी प्रवेस गराउने होड बाजि नै चलिरहेको छ । यसलाई कतिपयले पार्टी प्रवेस कार्यक्रम हुनु राजनीतिमा सामान्य कुरा भएको बताउँदै आएका छन् भने कति पयले यो कोरोना संकटमा स्थानीयलाई जमघट गराउँदै पार्टी प्रवेस गराउने कार्य समय सान्दर्भिक नभएको बताउँदै आएका छन् ।

सेमजोङ काँग्रेसमा प्रवेस गरेकाहरु नेकपा मै फर्कन थाले

नेत्रावती डब्जोङमा २०० भन्दा बढीले नेकपा छाडे