यूएई । युएईमामा कृयाशील नेपाली समाजमा आवद्ध ४४ वचा सामाजिक संस्थाहरुले दैनिक ५ वटा हवाई उडान हुनु पर्ने माग गर्दैप्रधानमन्त्रीलाई ज्ञापनपत्र लेखेका छन् ।
यूएईमा रहेका ४४ सँघसंस्थाको तर्फबाट नेपाली समाज, यूएईले प्रधानमन्त्री केपी ओलीलाई एक पत्र लेख्दै उक्त मागराखेको हो ।समाजका अध्यक्ष गोबिन्द ढकाल र महासचिव बेद प्रसाद अर्यालद्वारा हस्ताक्षर गरी प्रेषित पत्रमा सामान्य अवस्थामा दैनिक४ सय उडानहुने मुलुकबाट नियमित उडानको नाममा १८ वटा मात्र उडान हुनु हात्तीको मुखमा जीरा भएको जिकिर गरेका छन् ।
चार लाख भन्दा बढी नेपालीहरु रहेको यूएईमा ५० हजार भन्दा बढीले नेपाल फर्कन चाहेको बताईएको छ । १५ हजार भन्दा बढी नेपालफरेकिएको र हाल ३५ हजार नेपाली नेपाल जान नपाएर अलपत्र परेको जनाईएको छ ।
यूएईमा आम माफीको समय पनि सकिन लागेकोले कम्तिमा मासिक १ सय ५० उडान हुनु पर्ने नेपाली समाजका महासचिव बेदप्रसाद अर्यालले जनाएका छन् ।
नेपाली दुताबास अबुधावी मार्फत प्रेषित गरिएको पत्रमा पर्यटन मन्त्री र श्रम मन्त्रीलाई समेत सम्बोधन गरिएको छ भने यूएईमा कार्यरत ४४वटा संस्थाले पनि संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

