धादिङ गल्छीका तामाङ वेपत्ताको सूचीमा छैनन्

Avatar photo
Dhadingpost
भदौ १४, २०७७

धादिङ भाद्र १४ । धादिङको गल्छी गाउँपालिका ५ कोइलीखर्क निवासी रत्न बहादुर तामाङ २०५८ साल साउन १५ गते काठमाडौ बालाजुबाट राज्य पक्षबाट वेपत्ता भए ।

तात्कालिन माओवादी पार्टीमा पूर्णकालिन नभएपनि उनी लुकी-लुकी माओवादी नेता तथा कार्यकर्ताहरुलाई भेट्थे र लगाएको काम गर्नेगर्थे । घरबाट दिदीकोलाई भेट्न जान्छु भनेर पार्टी कै काम लिएर एक जना साथी सहित सोह्रखुट्टे काठमाडौं पुगेका उनीले दिदीलाई साथी हो, मात्र भने र चिनाए ।

दिदी सँग काम छ, भन्दै दुई जना निस्किएका उनीहरुलाई बालाजुबाट सेनाले कब्जामा लिएको थाहा भए, सँगै खोजविन गर्दा केहि पत्ता नलागेको उनका दाजु ज्ञान बहादुर तामाङ बताउनुहुन्छ ।

हाम्रो परिवार द्वन्दकाल देखि नै माओवादी सुभचिन्तक हो भने, अहिले पनि नेकपा मै आवद्ध छौं । भाई वेपत्ता भएको खवर पार्टीमा निरन्तर गरि रह्यौ, पार्टी शान्ति पक्रियामा आयो सहिद तथा वेपत्ताहरुको नामावली स्थानीय शान्ति समिति मार्फत सूचिकरण हुन्छ भन्ने जानकारी आएपछि स्थानीय शान्ति समिति, जिल्ला प्रशासन, जिल्ला विकास सबैमा राष्ट्रिय मानव अधिकार आयोगले दिएको वेपत्ता भएको जानकारी सहितको पत्र बुझायौं तर भाई रत्नको नाम गुम गाम पारियो । दाजु ज्ञान बहादुर तामाङ दुखेसो पोख्नुहुन्छ ।

सरकारले वेपत्ताहरुको खोजविन गर्दैछ, अन्य वेपत्ता परिवारलाई राहत पनि दियो हाम्रो भाई माओवादी भएकै आधारमा वेपत्ता हुँदा न माओवादी बोल्यो, न सरकारले नै वेपत्ताको सूचीमा राख्यो उहाँको गुनासो छ ।

धादिङका २६ जना अझै सम्म वेपत्ता