
धादिङ भाद्र १४ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ४ मा कोरोना भाईस (कोभिड-१९) को रोकथामका लागि टोल स्तरिय व्यवस्थापन समिति गठन गरिएको छ ।
वडामा कोरोना कोभिड-१९ रोकथामको लागि स्थानिय समाजसेवी तेज बहादुर नगरकोटी (शिव) को अध्य्क्षतामा ७ सदस्य ब्यबस्थापन समिती गठन गरिएको स्थानीय मदन श्रेष्ठले धादिङपोष्टलाई जानकारी दिनु भयो ।
श्रेष्ठका अनुसार समितिले आआफ्नो टोमा रहेको क्लव, आमासमुहको भवन, सामुदायिक भवनलाई आइसोलेसन ब्यबस्थापन गर्ने निर्णय गरिएको छ । सथै समितिले भाद्र १९ गते सम्म अत्यन्त आवश्यक काम बाहेक एक टोलबाट अर्को टोल आवत जावत पनि रोक लगाएको छ ।
खाद्धयान्न, एम्बुलेन्स, सुरक्षाकर्मीको सवारी साधन बाहेक अन्य सवारी साधनलाई रोक लगाउने निर्णय गरिको छ भने बिहान ७ बजे देखि ८ बजे सम्म र बेलुका ५ बजे देखि ६ बजे सम्म अभ्यावश्यक सेवाका पसलहरु खोल्न पाउने निर्णय समितिले गरेको छ ।
शुक्रबार १६ जना संक्रमित फेला परेको त्रिपुरासुन्दरीमा शनिबार ८ जान संक्रमित फेला परेका थिए यो संगै यस गाउँपालिकाका कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या ४८ जना पुगेको छ ।

