
धादिङ साउन २८ । धार्के बजारमा रक्तदान कार्यक्रममा १२ जना महिला र १ सय १४ जना पुरुष गरि १ सय २६ जनाले रक्तदान गरेका छन् ।
धुनीबेसी नगरपालिका स्थित धार्के बजारमा रेडक्रस उपशाखाले मंगलबार उक्त उक्त रक्तदान कार्यक्रमको आयोजना गरेको रेडक्रस धादिङका उपमन्त्री नारायण कुमार श्रेष्ठले धादिङपोष्टलाई जानकारी दिनु भयो ।
लकडाउनको कारण रोकिएको रक्तदान कार्यक्रमहरु देशभर रक्त संकलन केन्द्रहरुमा रगत अभाव हुनथाले सँगै फेरि रक्तदानका कार्यक्रमहरुलाई निरन्तरता दिन थालिएको उपमन्त्री श्रेष्ठ बताउनु हुन्छ ।
