धादिङबेसी टारीबेसी सडक मर्मत कस्ले गर्छ ? २२ ठाउँमा भासियो, ८१ ठाउँमा पहिरो

Avatar photo
Dhadingpost
साउन २६, २०७७

धादिङबेसी साउन २६ । धादिङबेसी सदरमुकामबाट २८ किलोमिटर दूरीको टारीबेसी जोड्ने सडकखण्ड अहिले क्षेतविक्षत अवस्थमा छ ।

नीलकण्ठ नगरपालिकाको क्षेत्र भित्र पर्ने यो सडक निमार्ण चरण देखिने ठेकेदार कम्पनी लामा कन्सट्रक्सनको लापर्वाहीको विषयमा विभिन्न मिडियाहरुले समाचार प्रकाशित गरेको थिए ।

ढिलो गरि निमार्ण कम्पनीले यो सडक कालो पत्रे गरेपनि अहिले यो वर्षाले २२ ठाउँमा पिच सडकको क्षेउपछि भासिएको छ भने ८१ ठाउँमा साना ठुला पहिरो गई सडक जिर्ण बनेको छ ।

८१ ठाउँमा पिच सडक माथिबाट झरेको पहिरोले गर्दा नालीको पानी छेकिएर सडकबाट बगेको देखिन्छ । पन्छिाउन नै नसकिने गरि कुनै पनि पहिरो छैन, नगरपालिका आफै सँग स्काभेटर छ तर पनि पहिरो पन्छाउने काम गरेको देखिदैन भने २२ ठाउँमा भने ग्याविन जालि नै भर्नु पर्ने गरि भासिएको छ ।

हनुमान डाँडा देखि टारी बेसी सम्म मात्र १७ ठाउँमा सडक भासिएको छ, भने ३७ ठाउँमा पहिरो झरेको छ । यस्तै धादिङबेसी देखि गोला भञ्ज्याङ सम्म ५ ठाउँमा सडक भासिएको छ भने ४४ ठाउँमा पहिरो खसेको छ ।

दुई वर्ष भित्र निर्माण सम्पन्न गरिसक्ने गरी २०७३ पुस १४ मा सडक निर्माण सम्झौता गरेको यस कम्पनीले त्यस यता हरेक वर्षादको समयमा यातायत सेवा बन्द गर्दै आएको थियो । उक्त कम्पनीले कूल रु ७० करोड ११ लाख ७३ हजारमा यस सडकको कालो पत्रे गर्ने काम गरेका थियो । तस्वीरः नारायण सिलवाल

यस अघिका सम्बन्धित समाचारहरु

x