सहिदहरुको गाउँ धुवाकोटमा जिवन र महिमाको १८ औं स्मृति दिवस

Avatar photo
Dhadingpost
साउन २०, २०७७

धादिङ साउन २० । माओवादीले संचालन गरेको जनयुद्धमा धादिङ धुवाकोटको एउटै गाउँमा ८ जनाले पार्टीको जिम्मेवारी वहन गर्ने क्रममा विभिन्न ठाउँमा सहदत प्राप्त गरेका थिए ।
धुवाकोटमा मात्र जनयुद्धको क्रममा हरिकुमार श्रेष्ठ, धनेन्द्रसिह तमाङ, चन्द्र बहादुर तामाङ, हस्तबहादुर तामाङ, कौशिल्या तामाङ, फुलमायाँ तामाङ, पदम तामाङ र रेजिना श्रेष्ठ गरी ८ जनाले सहादत प्राप्त गरेका थिए ।

सहिदहरुको गाउँका रुपमा परिचित धुवाकोटमा आज सहिद हस्तबहादुर गुरुङ (क. जिवन) र कौशल्या तामाङ (क.महिमा) को १८ औं स्मृति दिवस मनाईएको छ ।

०५९ साल साउन २० गते तात्कालिन सेनाले गिरफ्तार गरी द्वाय हस्तबहादुर गुरुङलाई साङ्कोसको जुम्रेभन्ज्याङ्ग र कौशल्या तामाङ किन्ताङ फेदीपुलबाट गिरफ्तार गरि माथि जंगलमा लगेर यातना पूर्ण तवरले हत्या गरेको थियो ।

सहिद परिवार सँग बसेर साक्षातकार गर्दै पात्लेमा स्मृति दिवस मनाईएको जनक्रान्तिका सहिद तथा वेपत्ता परिवार समाज धादिङका अध्यक्ष एवम् नेकपा बागमती प्रदेशका सचिवालय सदस्य रामबहादुर भण्डारीले धादिङपोष्टलाई बताए ।

धुवाकोट पात्लेमा सम्पन्न उक्त सहिद स्मृति दिवस कार्यक्रममा नेता रामबहादुर भण्डारी सहित नेकपा धादिङका नेताहरु विजय बुर्लाकोटी, कृष्ण अर्याल, मनराज भण्डारी, दिपक विश्वकर्मा, हरि अधिकारी, विनोदबाबु रिमाल, शम्भु श्रेष्ठ लगायत स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।