
धादिङ साउन ७ । धादिङका १३ स्थानीय तहमा आव २०७५/०७६ मा छ अर्ब १६ करोड ६९ लाख २३ खर्च भएको छ । ती स्थानीय सरकारहरुको लेखा परीक्षण भएको १३ अर्ब दुई करोड ५८ लाख ३१ हजार रकममा ६१ करोड २७ लाख ३६ हजार बेरुजु रहेको छ ।
- नीलकण्ठ नगरपालिकाको एक अर्ब ७५ २३ लाख ५० हजार रकम लेखा परीक्षण गर्दा १४ करोड ३५ लाख ३८ बेरुजु रकम रहेको छ । नगरपालिकाले आव २०७५/०७६ मा ७८ करोड २३९ लाख ५३ हजार खर्च गरेको थियो ।
- धुनीवेशी नगरपालिकाको एक अर्ब १४ करोड १८ लाख १५ हजार रकम लेखा परीक्षण गर्दा ३ करोड १० लाख ५९ हजार बेरुजु रहेको छ । नगरपालिकाले आव २०७५/०७६ मा ५१ करोड १३ लाख ३६ हजार खर्च गरेको थियो ।
- गंगाजुमना गाउँपालिकाको ८७ करोड ३६ लाख ८३ हजार रकम लेखा परीक्षण गर्दा २ करोड २२ लाख ९५ हजार बेरुजु रहेको छ । गाउँपालिकाले आव २०७५/०७६ मा ४३ करोड ७३ लाख ४२१ हजार खर्च गरेको थियो ।
- रुवीभ्याली गाउँपालिकाको ५८ करोड ३० लाख ४० हजार रकम लेखा परीक्षण गर्दा ६३ लाख १३ हजार बेरुजु रहेको छ । गाउँपालिकाले आव ०७५/०७६ मा २७ करोड ५७ लाख ५५ हजार खर्च गरेको थियो ।
- खनियावास गाउँपालिकाको ५६ करोड २७ लाख ४८ हजार रकम लेखा परीक्षण गर्दा ६ करोड ८१ लाख ९० हजार बेरुजु रहेको छ । गाउँपालिकाले आव २०७५/०७६ मा २७ करोड ८ लाख ६४ हजार खर्च गरेको थियो ।
- नेत्रावती दब्जोङ गाउँपालिको ६६ करोड ९३ लाख ४३ हजार रकम लेखा परीक्षण गर्दा एक करोड ५३ लाख ३७ हजार बेरुजु रहेको छ । गाउँपालिकाले आव ०७५/०७६ मा ३५ करोड लाख १४ हजार खर्च गरेको थियो ।
- त्रिपुरासुन्दरी गाउँपालिकाको ९३ करोड ३२ लाख १३ हजार रकम लेखा परीक्षण गर्दा चार करोड ६२ लाख ९१ हजार बेरुजु रहेको छ । गाउँपालिकाले आव ०७५/०७६ मा ४५ करोड ५६ लाख ९५ हजार खर्च गरेको थियो ।
- ज्वालामुखी गाउँपालिकाको ९९ करोड ३७ लाख ९५ हजार रकम लेखा परीक्षण गर्दा एक करोड १६ लाख ८२ हजार बेरुजु रहेको छ । गाउँपालिकाले आव २०७५/०७६ मा ५० करोड ७९ लाख ३१ हजार खर्च गरेको थियो ।
- सिद्धलेख गाउँपालिकाको ९६ करोड ७४ लाख ९४ हजार रकम लेखा परीक्षण गर्दा तीन करोड दुई लाख एक हजार बेरुजु रहेको छ । गाउँपालिकाले आव २०७५/०७६ मा ४६ करोड ४२ लाख ४१ हजार खर्च गरेको थियो ।
- थाक्रे गाउँपालिकाको एक अर्ब १४ करोड ५६ लाख ११ हजार रकम लेखा परीक्षण गर्दा पाँच करोड ७२ लाख ४७ हजार रकम बेरुजु रहेको छ । गाउँपालिकाले आव ०७५/०७६ मा ५० करोड १९ लाख १२ हजार रकम खर्च गरेको छ ।
- गल्छी गाउँपालिकाको एक अर्ब १२ करोड ७४ लाख रकम लेखा परीक्षण गर्दा एक करोड ८२ लाख २३ हजार रकम बेरुजु रहेको छ । गाउँपालिकाले आव २०७५/०७६ मा ५३ करोड २९ लाख ८२ हजार खर्च गरेको थियो ।
- बेनीघाट रोराङ गाउँपालिकाको एक अर्ब २५ करोड ९८ लाख २८ हजार रकम लेखा परीक्षण गर्दा चार करोड एक लाख बीस हजार रकम बेरुजु रहेको छ । गाउँपालिकाले ६१ करोड ६५ लाख ९० हजार खर्च गरेको थियो ।
- गजुरी गाउँपालिकाको एक अर्ब एक करोड ५५ लाख ११ हजार रकम लेखा परीक्षण गर्दा १२ करोड २२ लाख २५ हजार बेरुजु रहेको छ । गाउँपालिको आव २०७५/०७६ मा ४५ करोड ७९ लाख ९ हजार खर्च गरेको थियो । विद्यमान ऐन, कानून, नियम, परिपत्र, निर्णय पालना नगरी वा रित नपु¥याई गरिएको खर्च, प्राविधि स्टमेट विपरितको काम, भुक्तानी गर्न आवश्यक कागजात तथा तोकिएको प्रक्रिया पूरा नगरी गरिएको भुक्तानी, कानून बमोजिम बुझाउनु पर्ने दायित्वा नबुझाएका बेरुजु रहने गजुरी गाउँपालिकाका लेखा अधिकृत अमृत पौडेलले बताए । गजुरी गाउँको आव २०७६५/०७६ मा बुझाउनु पर्ने प्राकृतिक श्रोतको राजस्व असुल उपर नगरेको र प्रदेशमा नबुझाएकोले बेरुजु धेरै देखिएको लेखा अधिकृत पौडेलले बताए । आव २०७६/०७७ मा नै बागमती प्रदेशमा पठाउनु पर्ने चार करोड ६८ लाख पठाइसकेको छ । प्राकृतिक श्रोतको बापतको राज्व नाती कन्ट्रक्सन कम्पनीबाट तीन करोड ७६ लाख असुल उपर गरिसकेको र धरौटी वापतको २३ लाख ५० हजार कम्पनीलाई दिइसकेकोले बेरुजु चार करोडको हाराहारीमा झरेको लेखा अधिकृत पौडेलले बताए । धादिङबाट राजेन्द्र बस्नेतले कारोबार दैनिकमा यो खबर प्रकाशित गरेका छन् ।

