आगिन्चोकमा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यू

Avatar photo
Dhadingpost
साउन ६, २०७७

धादिङ साउन ६ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित आगिञ्चोक गोलाङ खवासेमा पहिरो गएर घर पुरिदा एकै परिवारका ३ जनाको मृत्यू भएको प्रहरीले जनाएको छ ।

घर माथिबाट आएको पहिरोले घर पुर्दा १९ वर्षिय सम्झना खाँण २२ वर्षिय मिलन खाँण र उनीहरुको डेढ बर्षिय छोराको मृत्यू भएको स्थानीय हरि विश्वकर्माले बताए ।

अहिले घटना स्थलमा प्रहरी पुगि सकेको र स्थानीयको सहयोगमा मृतकहरुको शव निकालिएको प्रहरीले जनाएको छ ।

धादिङको गजुरी गाउँपालिका २ मलेखुमा गएको पहिरोमा परि मंगलबार एक १७ वषिय निरुता परियारको मृत्यू भएको थियो ।

अविरल वर्षाका कारण धादिङका विभिन्न ठाउँहरुमा क्षेति पुर्याएको छ । जसमा गजुरी गाउँपालिकाको भवनलाई क्षेति पुर्याएको छ, बेनीघाट रोराङ १० स्थित हुग्दी खोला र बाँदरेभिरको बीचको क्षेत्रमा आएको पहिरोले ४ वटा गाडी पुरेको हो भने पहिरोमा परेका ३ वटा गाडी त्रिशूली बगाएको छ ।

x