निजी स्कुलको अनलाइन कक्षा बन्द, शिक्षकलाई घर विदा

Avatar photo
Dhadingpost
असार ३१, २०७७

काठामाडौ असार ३१ । निजी विद्यालयहरुको छाता संगठन प्याब्सन र एन–प्याब्सनले अनलाइन कक्षा बन्द गर्ने र शिक्षक तथा कर्मचारीलाई बेतलवी घर विदा दिने निर्णय गरेका छन्।

शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराउँदा जायज माग सम्बोधन गर्ने मौखिक आश्वासन आएको तर अहिलेसम्म ठोस निकास नआएले शिक्षकलाई बेतलवी विदा र अनलाई कक्षा बन्द गर्ने प्याब्सन तथा एन प्याब्सनको संयुक्त वक्तव्यमा उल्लेख छ ।

सरकारले पनि अनलाइन कक्षाका नाममा शुल्क नदिन निर्देशन दियो । तर निजी स्कुलका सञ्चालकहरुले भने आम्दानी शून्य भएका कारणले शिक्षक–कर्मचारीलाई वैशाखदेखि तलब दिन नसकेको तथा घरभाडा, बैंकको किस्ता तथा ब्याज, बिमा, टेलिफोन, बिजुली, इन्टरनेट खर्च धान्न नसक्ने अवस्था आएको प्याब्सन अध्यक्ष टीकाराम पुरीले बताए ।

यस्तो छ विज्ञप्ती