
काठमाडौं असार २७ । तेत्तिस किलो सुन प्रकरणका आरोपी हरिशरण खड्कालाई यूएईबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।
नेपालले इन्टरपोलमा रेडकर्नर नोटिसमा खड्काको नाम राखिए सँगै उनी युइएमा पक्राउ परेका हुन् ।उनलाई कानूनी कारबाहीको लागि शनिबार काठमाडौं ल्याइएको छ ।
काभ्रे घर भएका उनी २०७५ माघमा यूएईमा समातिए पनि उनलाई शनिबार काठमाडौ ल्याएको हो । खड्कासहित प्रकरणमा संलग्न १२ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो ।
यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २१ पुस ०७३ मा बरामद गरेको साढे ३३ किलो सुन प्रकरणमा पनि उनी मुछिएका थिए । नेपालमा रहेका सुन व्यवसायीसँग मिलेर उनले दुबईबाट सुन पठाउने काम गर्दै आएको खुलेको थियो ।
पछिल्ला वर्षहरुमा मोरङ, उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ मार्फत उनले सुन नेपाल भित्र्याउने गरेको उच्च स्तरीय सुन अनुसन्धान समितिले सार्वजनिक गरेको थियो ।
