पहिरोले पुरिदा ६ जनाको मृत्यु

Avatar photo
Dhadingpost
असार २१, २०७७

काठमाडौं असार २१ । बझाङमा शुक्रबार राती पहिरोमा परेर एकै घरका ४ सहित ६ जनाले ज्यान गुमाएका छन् भने एक जना बेपत्ता भएका छन् । केदारस्यु“ गाउ“पालिका– ८ मल्लेसी गाउ“मा गएको विनासकारी पहिरोले २० घर पूर्ण रुपमा बगाएको छ भने अन्य दुई घरमा क्षति पुर्याएको छ । पहिरोले मल्लेसीका अन्य ४५ घर उच्च जोखिममा छन् । पहिरोमा परेर २ सय भन्दा बढी पशुचौपाया पनि मरेका छन् । करिब २० रोपनी खेती योग्य जमिन पनि पुरिएको छ ।

पहिरोले पुरिएर ज्यान गुमाउनेहरुमा ४० वर्षीया राममती जेठारा, उनका १२ वर्षीया छोरा प्रयाग जेठारा, दुई छोरीहरु १५ वर्षिया शान्ती जेठारा र ७ वर्षकी अस्मिता जेठारा रहेका छन् । राममतीका श्रीमान् भने रोजगारीका सिलसिलामा भारतमा रहेका छन् ।

यस्तै राममतीकी भदैनी नाता पर्ने १३ वर्षकी सन्तु जेठारा, ८१ वर्षका दले जेठाराले पनि पहिरोमा परेर ज्यान गुमाएका छन् भने २१ बर्षिय गिरि जेठारा अझै पनि बेपत्ता छन् । वेपत्ता गिरीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिल्ला सदरमुकाम चैनपुरबाट गएको डिएसपी गणेश बम सहितको नेपाल प्रहरीको टोली, डिएसपी गणेश शाहको नेतृत्वमा गएको सशस्त्र प्रहरीको टोली र कालंगा जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली र स्थानीयले बेपत्ताको खोजी गरिरहेका छन् । पहिरोमा परि ज्यान गुमाएका हरुको लागि तत्काल काजक्रिया खर्च बापत ३५ हजार रुपैया“ दिने निर्णय भएको केदारस्युँ गाउ“पालिका अध्यक्ष इन्द्र भण्डारीले बताए ।

उनले आइतबार नै अर्को बैठक बसेर विस्थापितहरुलाई अन्य सहयोग गर्ने बारेमा निर्णय गरिने बताए ।लगातारको बर्षाका कारण खहरे खोलामा पानीको बहाव बढेसँगै कटान सुरु गरेर पहिरो खसेको हो । गाउ“ भन्दा करिब २ सय मिटर माथि रहेको रातापड सामुदायिक वनको बीचमा वर्षातमा मात्रै पानी आउने पानीको मुहान छ । बर्षातमा त्यही मुहानको पानी निकास हुने सानो खोल्सो गाउ“को बीच भाग भएर बग्छ । त्य

ही खोल्सोमा पानीसँगै पहिरो गएको स्थानीय अजिमान जेठारा ९७७० ले सुनाए । “नपत्याउदो खोलाले बगाउछ भन्थे हो रहेछ,” उनी भन्छन्, “गाउ“को मध्य भागमा पहिरो गए पछि फेरी पनि जान सक्ने डरले कोही पनि आफ्नो घरमा बस्न सकिरहेका छैनन् ।” पहिरोबाट बिस्थापित भएका ४५ घर परिवारलाई नमादेव आधारभुत विद्यालयमा व्यवस्थापन गरिएको वडा नं ८ का अध्यक्ष गणेश बोहराले बताए । उनले विद्यालयमा रहेकाहरुलाई सामुहिक रुपमा खाना र बासको व्यवस्था गरिएको बताए ।

यस्तै पहिरो पिडितहरुका लागि भनेर नेपाली सेनाको हेलिकप्टरबाट आठ क्विन्टल चामल, ३७ वटा त्रिपाल र ४० वटा कम्मल घटना स्थलमा पु(याइएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए । उनले थप राहत लिएर आइतबार जिल्ला प्रशासन कार्यालयको टोली मल्लेसी जाने बताए । आजको कारोवार दैनिकमा खवर प्रकाशित छ ।

x