संघीय संसदबाट नेपालको नक्सा परिवर्तन, पछि भारतको चासो

Avatar photo
Dhadingpost
जेष्ठ ३२, २०७७

काठमाडौं जेष्ठ ३२ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाले शनिबार लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा अनुसार संविधानमा रहेको निशान छाप पारित गरे लगत्तै भारतले चासो देखाउँदै प्रतिक्रिया जनाएको छ ।

भारतीय विदेश मन्त्रालय प्रवक्ता अनुराग श्रीवास्तवले प्रेस नोट सार्वजनिक गर्दै नेपालले वार्ता गर्ने समझदारी उल्लंघन गरेको बताएका छन ्।
प्रेस नोटमा श्रीवास्तवले भनेका छन् “हामीले नोटिस गर्यौं कि नेपालको प्रतिनिधि सभाले नेपालको नक्शा बदल्नको लागि संविधान संशोधन विधेयक पारित गरेको छ, जसमा भारतीय क्षेत्रको केही अंश समावेश छ। हामीले यसबारे आफ्नो धारणा स्पष्ट गरिसकेका छौं ।”
उसले नेपालको दाबीलाई कृत्रिम विस्तार र ऐतिहासिक तथ्य वा प्रमाणमा आधारित नभएको पनि टिप्पणी गरेको छ । साथै, नेपालको पछिल्लो कदमले सीमा क्षेत्रका बाँकी मुद्दाहरूको बारेमा वार्ता गर्ने वर्तमान समझदारीको पनि नेपालले उल्लंघन गरेको भारतको दाबी भनाई छ ।

x