धादिङका कोरोना संक्रमित तीन जना मध्य, दुई जना घर फर्किए

Avatar photo
Dhadingpost
जेष्ठ १३, २०७७

धादिङ जेष्ठ १३ । नेपालमा कोरोना भाईरस (कोभिड-१९) संक्रमितहरुको संख्या बढ्दै जाँदा धादिङ जिल्लामा समेत तीन जना संक्रमितहरु फेला परेका थिए, जसमा दुई जना निको भएर घर फर्किएका छन् ।

टेकु अस्पतालमा चैत १२ गते कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएका धादिङका पहिलो कोरोना भाईसर संक्रमित नेत्रावती डब्जोङका युवा २८ दिन पछि निको भएर घर फर्किएका थिए ।

यस्तै धादिङको गल्छी गाउँपालिका वडा नं ८ कटुवालपौवाकी ३० वर्षिय महिला १२ दिन पछि निको भएर सोमबार अस्पतालबाट डिस्चार्ज भएकी छिन् । उनी जेठ १ गते कोरोना संक्रमण पुष्टि भएपश्चात उनी पाटन अस्पताल भर्ना भएकी थिईन ।

लकडाउन सुरु भएपछि ४० दिन घर बसेर वैशाख २८ गते काठमाडौँ फर्केका थाँक्रे गाउँपालिका वडा नं ७ एक एक युवा अहिले उपचारको क्रममा छन् । काठमाडौँ वागबजारमा व्यवसाय सञ्चालन गर्दै आएका ४० वर्षीय ती युवाको धुलिखेल अस्पतालको रिपोर्टबाट कोरोना संक्रमित भएको पुष्टि थियो ।

अहिले सम्म नेपालममा कोरोना भाइरसका कारण ४ जनाको मृत्यु भैसकेको छ । अहिले सम्म ६८२ जना संक्रमित भएका छन् भने संक्रमित मध्य ११२ जना निको भएर घर फर्कि सकेका छन् ।