
धादिङ बैशाख १९ । धादिङको थाक्रे गाउँपालिकाले कोरोना भाईरसको रोकथाम तथा उपचारको लागि गरिएको लकडाउनका क्रममा घर मै रहेका कर्मचारीहरुलाई काममा फर्कन निर्देशन गरेको छ ।
लकडाउन कै बीचमा जनजिवन सामान्य हुँदै गर्दै थाक्रेका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले सूचना जारी गर्दै गाउँपालिकामा कार्यरत कर्मचारी र वडा कार्यालयमा कार्यरत कर्मचारीहरुलाई बैशाख २१ गते देखि आ आफ्नो कार्य क्षेत्रमा फर्कन निर्देशन गरेका हुन् ।
सूचना मा भनिएको छ, कोरोना भाईसर (कोभिड-१९) को महामारी का कारण चैत्र ११ गते लकडाउन भै अत्यावश्यक सेवाका कामकाज समेत अगाडी बढाउन नसकेको सन्दर्भमा बैशाख २१ देखि कर्मचारिलाई काममा फर्कन जानकारी गराईन्छ ।
थाक्रे गाउँपालिकाले यो लकडाउनको अवधिका खाद्यान्न सामाग्री तथा स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गर्ने संघ संस्थाहरुलाई धन्यावाद समेत दिएको छ ।
थाक्रे गाउँपालिका भित्र रहेका ६ वटा सहकारीले नगद र अन्य ४ वटा संस्थाहरुले खाद्यान्न सामाग्री र व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरेका थिए ।
यस अघिका समाचारहरु
थाक्रे गाउँपालिका

