
काठमाडौं बैशाख १७ । सरकारले गरेकाे लकडाउनका कारण उद्योग व्यवसाय र मजदुरी समेत ठप्प रहेकोले घर धनीहरुलाई घरभाडा छुट गर्न आव्हान गरे सँगै घर धनीहरुले धमा धम घरभाडा छुट गर्न थालेका छन् ।
धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष, उपाध्यक्षसहित धनकुटा र हिलेबजारका एक दर्जनभन्दा बढी घरधनीले लकडाउन अवधिको घरभाडा मिनाहा गरेका छन् ।
कोराना भाइरस नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनका कारण व्यापार, व्यवसाय बन्द भई व्यवसायीलाई आर्थिक संंकट भएको भन्दै धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले धनकुटा नगरपालिका–५ धरहरा चोकका घरमा व्यापारीहरूले सञ्चालन गरेको किराना पसल र होटलको भाडा मिनाहा गरेको बताए । यसैगरी धनकुटा उद्योग वाणिज्य संघका उपाध्यक्ष खगेन्द्र विष्टले हिले बजारको घरमा रहेको न्यू जेनिस टेलर्सलाई लकडाउनभरको घर भाडा मिनाहा गरेका छन् ।
जिल्लाभरिका सबै बजार क्षेत्रका घर धनीलाई व्यापारी र व्यवसायीहरूलाई लकडाउन अवधिभरको छुट गरिदिन आग्रह गरिएको थियो । जसअनुसार अहिले घरभाडा मिनाहा गर्ने घरधनीको संख्यासमेत हिले र धनकुटा सदरमुकाममा बढ्दै गएको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिए ।
धनकुटा उद्योग वाणिज्य संघले कोरोना भाइरस नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनका कारण व्यापार व्यवसाय बन्द भएका कारण व्यवसायीहरूलाई ठूलो संकट भएकाले घरधनीलाई घर भाडा मिनाहा गरिदिन र व्यापारी, व्यावसायी र उद्योगीहरूलाई बैंकको ऋणको व्याज छुट गरिदिन हुन बैंकलगायत सबै वित्तीय संस्थालाई लकडाउन सुरु भएपछि नै आग्रह गरेको राईले जानकारी दिए । यो खवर कारोवार दैनिकमा प्रकाशित छ ।

