थाँक्रेमा करेन्ट लाग्दा दुईको मृत्यु, सात जना घाईते

Avatar photo
Dhadingpost
बैशाख ९, २०७७

धादिङ बैशाख ९ । धादिङको थांक्रे गाउँपालिका वडा नम्बर ३ मा करेण्ट लागेर दुई जनाको मृत्यु भएको छ । सात जना घाईते भएका छन ।

चट्याङ्का कारण थांक्रे ३ वालुवाखर्कमा रहेको बिद्युत्त ट्रान्सफर्मर पड्किएर बिद्युत्त लाइनमा हाईभोल्टेज करेन्ट प्रवाह हुँदा सोमबार साँझ करेन्ट लागेर दुई जनाको मृत्यु र सात जना घाईते भएको प्रहजरीले जनाएको छ ।

प्रहरका अनुसार मल्डुङका ५० बर्षिय सानुमान तामाङ र २४ बर्षिय सागर अर्याललाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो भने सोही ठाउँका रुपक अर्याल गम्भिर घाईते भएर उपचारका लागि काठमाण्डौंको पठाईएको छ । घाईते भएका लेक मल्डुङका अन्य ४ जना महिला र २ जना पुरुषको भुमेस्थान स्वास्थ्य चौकी अमर्खुमा उपचार भईरहेको समेत प्रहरीले बताएको छ ।

हाईभोल्टेजका कारण घरभित्र जतातातै करेन्ट लाग्न थालेपछि विजुलीको स्विच अफगर्न चार्जमा रहेको मोवाईल झिक्न खोज्दाउक्त दुर्घटना भएको बताईएको छ ।