
धादिङ बैशाख ७ । धादिङको बेनिघाट रोराङ गाउँपालिका ४ खहरे जाँदै गरेको बोलेरो जीप आरन भञ्ज्याङमा दुर्घटना हुँदा १ जनाको घटना स्थल मै मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् ।
मलेखुबाट तरकारी बेच्न आएका किसानहरुलाई लिएर बेनिघाट रोराङ गाउँपालिका ४ खहरे जाँदै गरेको बा १ ख ८६३६ नम्बरको उक्त बोलेरो जीप आईतबार दिउँसो पौन ४ बजे सडकबाट अन्दाजी ७ सय मिटर तलखस्दा दुर्घटना भएको स्थानीय आशिष आचार्यले बताए ।
दुर्घटना स्थलमा एम्बुलेन्स र प्रहरी जाँर्दै गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
