
धादिङ चैत्र २९ । रोटरी क्लव अफ धादिङले जिल्ला अस्पताल धादिङका स्वास्थ्यकर्मीहरुका लागि १० सेट पर्सनल प्रोटेक्शन इक्युपमेन्ट (पीपीई) प्रदान गरेको छ ।
कोरोना भाईरसको संक्रमण रोकथाम तथा उपचारका लागि स्वास्थ्यकर्मीहरुका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री रोटरी क्लव अफ धादिङ अध्यक्ष अशोक कुमार बस्नेतले जिल्ला अस्पताल धादिङका अध्यक्ष महेन्द्र धमलालाई हस्तान्तरण गरेका थिए ।
रोटरी क्लव अफ धादिङले केहि वर्ष देखि धादिङमा स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रहरुमा निरन्तर सहयोग गर्दै आई रहेको छ ।
उक्त सहयोग हस्तान्त्रण कार्यक्रममा धादिङ हेल्थ सोसाईटीले समेत स्वास्थ्यकर्मीका लागि अति आश्यकता पर्ने मेडिकल सामाग्रीहरु समेत प्रदान गरेको रोटरीयन भिमबहादुर श्रेष्ठले धादिङपोष्टलाई बताए ।
