धुनीबेसी, जीवनपुरमा डिपबोरिङबाट खानेपानी

Avatar photo
Dhadingpost
चैत्र १८, २०७६

धादिङ चैत्र १८ । धादिङको धुनीबेसी नगरपालिका– ४ जीवनपुरमा खानेपानी समस्या भएपछि जमिन भित्रबाट डिपबोरिङ गरिखानेपानी निकालिएको छ ।

दुई सय पाँच मिटर गहिरो प्वाल पारेर पाइप राखि एक सय पाँच मिटर तल डाइनमो (मोटर) जडान गरिएको छ ।

जमिनको तहदेखि ६० मिटर भर्टिकल उचाइमा एक सय ७० मिटर पाइप विछ्याइएर ट्यांकीसम्म पु¥याइएको कोटकालीका डिपबोरिङ उपभोक्ता समितिका अध्यक्ष केदार रेग्मीले बताए ।

गत आर्थिक वर्षमा नगरपालिकाको ४४ लाख रुपैयाँ बजेटबाट डिपबोरिङ, पाइप जडान, मोटर जडान, ट्रान्फर्मर जडान गरी विद्युत जोडिएकोमा गरिएको थियो भने चालु आवमा नगरपालिकाकै ३० लाख रुपैयाँ बजेटमा एक लाख लिटर पानी जम्मा गर्न ट्यांकी निर्माण भइरहेको छ ।

भूकम्प जानु अघिपनि गाँउमा पानीको दुःख थियो, भुकम्पपछि झनै समस्या बढ्यो, समितिकि कोषाध्यक्ष विन्दा कुँवरले बताइन् । अहिले पानी लिन एक घण्टासम्म समय खर्चनु पर्छ भने कपडा धुन दुई घण्टा टाढा जानुपरेको उनले बताइन् ।

ट्यांकीमा प्रति २४ घण्टामा तीन लाख ८८ हजार लिटर पानी खपत गर्न मिल्छ । जीवनपुर बजार, ठकुरी गाँउ, मिजारगाँउ, छापगाँए, गैरीगाँउ, कुँवरटोल लगायतका करिब तीन सय घरमा पानी वितरण गरिने छ । सोमबार कारोबार दैनिकमा धादिङबाट राजेन्द्र बस्नेतले समाचार लेखेका छन् ।

x