
काठमाडौं फागुन १२ । प्रहरी बर्दीमा टिकटक बनाएको भिडिओ सार्वजनिक भए सँगै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सई रत्नबहादुर थापालाई कारबाही गर्ने भएको छ ।
भक्तपुरस्थित सुँडाल प्रहरी कार्यालयमा इञ्चार्जका रूपमा कार्यरत थापाको ठाउँमा महानगरमा कार्यरत सई राजु प्रसाईंलाई पठाइएको छ। ‘दुई टिकटक भिडिओ दिलुमगर ९१ अकाउन्टबाट सार्वजनिक भएको हो।
एक भिडिओमा दिलु मगरले पेस्तोल हातमा लिएर अभिनय गरेको देखिन्छ भने अर्को भिडिओमा रत्नबहादुर र दिलुसँगै बसेर खिचिएको छ। उनीमाथि छानबिन तथा सोधपुछ गरी कारबाही गरिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाइएको हो ।

