औषधि पसलमा, म्याद सकिएका औषधि

Avatar photo
Dhadingpost
फाल्गुन ८, २०७६

काठमाडौं फागुन ८ । औषधि पसलले म्याद गुज्रेका औषधि विक्रीका लागि राख्ने गरेको पाइएपछि सरकारले त्यस्ता औषधि बजारबाट तत्काल उठाउन निर्देशन दिएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा औषधि व्यवस्था विभागसहितको टोलीले गरेको अनुगमनका क्रममा म्याद गुद्धेका औषधि बिक्रीका लागि राख्ने गरेको पाइएको हो । औषधि पसलमा केही औषधि म्याद नाधेको भेटिएपछि फिर्ता गर्न ताकेता गरिएको छ ।

औषधि पसल तथा दुई सातामा १ लाख ६ फार्मेसीले औषधिहरू बिक्री गर्दा खरिद बिल देखाउन नसकेको पाइएको छ । औषधि पसलले उपभोक्तालाई खरिद बिल नदिएर हचुवाको भरमा औषधि बिक्री गर्दै आएको छ ।

पछिल्ला दुई साताको अवधिमा २८ औषधि पसलरफार्मेसीको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा अधिकांश औषधि पसलमा कैफियत देखिएको थियो । ती औषधि पसलले खरिद बिल प्रयोग नगरेको देखिएको छ । राजधानी दैनिकमा खबर छ ।

x