
धादिङ माघ २६ । धादिङको थाक्रे गाउपालिका वडा नं ११ महादेबबेसीमा दुई दिन सम्म चलेको जिल्ला स्तरीय खुल्ला लोक दोहोरी प्रतियोगिता सम्पन्न सम्पन्न भएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्य समिती धादिङकोले आयोजना गरेको उक्त प्रतियोगिता शनिबार राती सकिएको हो ।

२६ टिमले भाग लिएको उक्त प्रतियोगितामा आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्य समिती धादिङको टिम प्रथम, क्युइन दोहोरी द्धितिय र स्याम बुर्लाकोटिको समूह र डालिमा दोहोरी तृतिय भएका थिए ।
प्रतियोगिता भव्य समारोहका बीच प्रदेश सांसद राजेन्द्र पाण्डेले शुक्रबार उद्घाटन गरेका थिए ।
कला संस्कृति जर्गेना गर्ने हाम्रो अभियान, सस्ट्रालाई सम्मान नव प्रतिभालाई प्रोत्साहन भन्ने नाराका साथ भएको उक्त प्रतियोगितामा दर्शकहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।


