
विकास भण्डारी
धादिङ माघ २१ । धादिङको थाँक्रे गाउँपालिका ७ जुगेखोला निवासी हिमेश पन्तलाई यतिबेला कान्तिपुर टेलिभिजनको रियालिटी शो, “कमेडी च्याम्पिएन” कार्यक्रमले चर्चामा ल्याई दिएको छ ।
बलियो कन्टेन्ट, समसामयीक विषयवस्तु अनि विषयवस्तु माथिको न्याय, लजिकल कमेडी र बिषय अनुसार पात्रमा आफुलाई ढालेर दिएको प्रस्तुतिले उनी कमेडी च्याम्पिएनको छनोट चरण देखि टप ६ सम्म आईपुगि सकेका छन् ।
अस्कल क्याम्पसमा अध्यानरत हिमेश, स्ट्याण्ड अप कमेडी मार्फत उदाउने प्रयास भने यसअघि नै गरेका थिए तर कान्तिपुर टिभिको रियालिटी शो, “कमेडी च्याम्पिएन” मा आए सँगै उनी सर्वत्र लोकप्रिय कमेडीयनको रुपमा चर्चामा आउन सफलभए ।
भोटिङको आधारमा रियालिटी शो, “कमेडी च्याम्पिएन” को बाजी कल्ले मार्ला त्यो आफ्नै ठाउँमा छ, तर हिमेश पन्त पछिल्लो समयमा उदाएका असाध्यै चम्किला कमेडियन भएको कार्यक्रमका निर्णायक सन्तोष पन्तले बताए ।
