धादिङमा पहिलो पटक विद्यालयमा क्रिकेट खेल समावेस

Avatar photo
Dhadingpost
कार्तिक ५, २०७६

धादिङ कार्तिक ५ । धादिङ जिल्लामा पहिलो पटक बेनिघाट रोराङ स्थित बेनी शिक्षा सदन स्कुलले विद्यालयको खेलकुद शिक्षामा क्रिकेटलाई समावेस गरेको छ ।

नेपालमा छोटो समयमा नै उचाईमा पुग्न सफल क्रिकेट खेललाई विद्यालयको खेलकुद शिक्षामा क्रिकेट खेल समावेश गर्ने जिल्ला कै पहिलो विद्यालय बेनी शिक्षा सदन बनेको हो ।

विध्यालयको खेलकुद सप्ताहमा Benighat Super kings, Rorang Riders, Trishuli Titans र Beni Patriots गरी ४ बनाएर विद्यालयले क्रिकेट प्रतियोगिता गरेको थियो जसमा Rorang Riders प्रथम भएको थियो । प्रतियोगितामा आसिप खान उत्कृष्ट खेलाडी बन्न सफल भएको शिक्षक दिपेश कडेलले धादिङपोष्टलाई बताए ।

क्रिकेटको फाईनल खेल सकिए सँगै विद्याथीृहरुले धादिङमा क्रिकेट खेलको विकासका लागि क्रिकेट सँग लागि क्रिकेट संघलाई ध्यानाकर्षण गराउने गरि प्रदर्शन समेत गरेका थिए ।

निजी तथा आवासीय विद्यालयहरुको संगठन प्याब्सन धादिङमा आवद्ध यस विद्यालयमा असोज २९ गतेबाट सुरुभएको खेलकुद सप्ताहमा कबड्डी, टेवल टेनिस्, ब्रेक लक, क्रीकेट, फुटबल, दौड, लगायतका खेलहरुविद्यार्थीको उमेर समुहको आधारमा खेलाईएको थियो ।

यस अघिको समाचार
बेनी शिक्षा सदनमा खेलकुद सप्ताह सुरु