धादिङ जेष्ठ २८ । धादिङबेसीमा नीलकण्ठ नगरपालिकाको आयोजना तथा न्यू किबो बोर्डिङको व्यवस्थापनमा सम्पन्न भएको मेयर कप -२०७५ को विजेतालाई विशेष कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको छ ।
धादिङबेसीमा गत शुक्रबारबाट जारी दुई विधाको नीलकण्ठ मेयरकप प्रतियोगिताको खुल्ला फुटबलको विजेता र उपविजेता, नगर स्तरीय भलिबलको छात्रा, छात्र प्रथम द्वितिय, तृतिय र सान्तोनालाई पुरस्कार वितरण गरिएको हो ।
खुल्ला फुटबलमा देशभरबाट सहभागि २१ टिम मध्य धादिङबेसी स्थित धादिङ फुटसलले कर बाहेक १ लाख ५ हजार राशी नगद, ट्रफी, मेडल प्रमाण पत्र सहित प्रथम पुरस्कार पायो भने उप विजेता साङ्कोषले कर बाहेक ५० हजार नगद सहित ट्रफी, मेडल प्रमाण पत्र पायो ।
यस्तै नगरपालिका भित्रका माध्यामिक विद्यालयहरु बीच प्रतिस्पर्धा भएको छात्र भलिबलमा धादिङ बोर्डिङ प्रथम, पशुपति मावि साँङ्कोष द्वितिय, नीलकण्ठ मावि तृतिय र एड्भान्स एकेडेमी सान्तोना भएका थिए उनीहरुले कर बाहेक क्रमस ५० हजार, ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार पाएका थिए ।
यस्तै छात्रा तर्फ पन्चकन्या मावि खाल्टे प्रथम, धादिङबेसी स्थित एड्भान्स एकेडेमी द्वितिय, प्रकाश मावि तृतिय र धादिङ बोर्डिङ सान्तोना भएका थिए उनीहरुलाई पनि कर बाहेक क्रमस ५० हजार, ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
नीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन गरेके न्यू किबो बोर्डिङ स्कुलले मेयरकप प्रतियोगिता पनि सुन्दर र मर्यादित ढंगबाट सम्पनन गरेको भन्दै नगर प्रमुख भिमप्रसाद ढुङ्गानाले प्रिन्सिपल प्रयास रेग्मीलाई प्रशंम्सा पत्र प्रदान गरेका थिए भने खेल संयोजक विकास कोईरालालाई कदर पत्र प्रदान गरेका थिए ।
नीलकण्ठ नगरपालिका मेयर कपका अन्य समाचारहरु
धादिङ फुटसलले चुम्यो नीलकण्ठ मेयर कप
धादिङ फुटसल र साङ्कोष A फाईनलमा
नीलकण्ठ मेयर कपः भलिबल सकियो, फुटबल जारी
एड्भान्स र पन्चकन्या फाईलन प्रवेष
नीलकण्ठ नगरपालिका प्रथम मेयर कप उद्घाटन
नीलकण्ठको मेयर कप हुने
पुरस्कार वितरणका केहि तस्विरहरु:











