धादिङका कृशलको ‘बरिलै’ भिडियो सार्वजनिक

Avatar photo
Dhadingpost
बैशाख १९, २०७६

धादिङ बैशाख १९ ।  नेपाल आइडलको दोस्रो सिरिजबाट चर्चामा आएका गायक कृशल कँडेलको गीत ‘बरिलै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

कृशल कँडेल र मिनराज पौडेलको स्वरमा रहेको लोक फ्युजन ‘बरिलै’ को शब्द संगीत नृपेश उप्रेतीको रहेको छ ।

प्रबिन थापाद्वारा निर्देशित यस म्युजिक भिडियोमा कृशल र मिनराजले मोडल करिष्मा ढकालसँग रोमान्स गरेका छन् भने नमराज घिमिरेको छायाँकन रहेको छ ।