बसेरी-बुढाथुम जोड्न, ४ सय ५ मिटर लामो झोलुङ्गे पुल बन्ने

Avatar photo
Dhadingpost
चैत्र ११, २०७५

धादिङ चैत्र ११ । धादिङको गंगाजमुना गाउँपालिका बसेरी र बुढाथुम जोड्ने गरी चाँचुली डाँडा देखि अँधेरीफाँट सम्म ४ सय ५ मिटर लामो झोलुङ्गे पुल बन्ने भएको छ ।

गोरखा जिल्लाको मान्बु, यार्सा, केरौंजा लगायतका क्षेत्रका जनताहरूलाई समेत सुविधा हुने उक्त चाँचुली डाँडा देखि अँधेरीफाँट जोड्ने झोलुङ्गे पुल बन्ने भएको हो ।

२०५३ साल भाद्र ५ गतेको भिषण बाढी र पहिरोका कारण बुढाथुम र बसेरी गाबिसको बीमा पर्ने अंधेरी खोला दायाँ बाँयाँ जमिन पहिरोगई भाषिनुका साथै खोलामा रहेका २ वटा झोलुंगे पुलहरू बगाएको थियो ।

अहिले पनि दुबै तर्फका किनारमा पहिरो चलिरहन्छ गहिरहने हुँदा उक्त क्षेत्रमा बसोवास गर्दै आएका बसेरी बुढाथुमका स्थानीयहरुलाई सकस बनि रहेको थियो ।

मैले संविधान सभा सदस्य हुँदा यस क्षेत्रमा झोलुङ्गे पुल बनाउन पहल गर्दै आएको थिएँ पूर्व संसद गुरु बुर्लाकोटीले बताए । मेरो पहलले सार्थकता पाउँदैछ, अब उक्त क्षेत्रमा झोलुङ्गे पुल बन्छ, डिपिआरको काम बल्ल सकिएको छ, बुर्लाकोटीले बताए ।