लाइन्स क्लबद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

Avatar photo
Dhadingpost
माघ २०, २०७५

धादिङ माघ २० । बेनिघाट रोराङ गाउँपालिका वडा नं. २ मा रहेको महादेवस्थान स्वास्थ्य चौकीलाई लाइन्स क्लवले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

रुमाहेडी फाउन्डेसन नेपाल तथा स्टिचिङ प्रोजेक्ट इन नेपालको सहयोगमा लाइन्स क्लब अफ नेपाल हाईलाइटले महादेवस्थान स्वास्थ्य चौकीलाई आईतबार स्वास्थ्य रामाग्री हस्तान्तरण गरेको हो ।

लाइन्स क्लब अफ नेपाल हाईलाइटले मेडिकल इक्विप्मेन्ट डिष्ट्रीव्यूसन कार्यक्रम संचालित गरी रुमहेडी फाउन्डेसनका प्रतिनिधि सदस्य रश्मी तामाङ र अफ नेपाल हाईलाइटका चार्टर प्रिसिडेन्ट तथा सदस्य बिनोद सडौला र ईश्वर भण्डारीद्वारा बाइनाकुलर माइक्रोस्कोप थान, वाटर बाथ डिजिटल, हट एयर ओभन, सेमी अटोमेटिक एनालाइजर बायो केमेस्ट्रि, ग्रामस् स्टेएन, रेगेन्टस् एक्युरेक्स, रेफ्रिजेरेटर वडा अध्यक्ष टंक बहादुर थापा तथा स्वास्थ्य इन्चार्ज शर्मिला डंगोललाई हस्तान्तरण गरिएको थियो ।