काठमाडौं, साउन १५ । नेपाली उपभोक्ताको भान्सामा पछिल्लो पाँच वर्षमा १ खर्ब ५ अर्ब १४ करोड रुपैया बराबरको भण्डै १४ लाख मेट्रिक टन ग्यास खपत भएको छ ।
सहजै प्रयोग गर्न सकिने अत्यावश्यक बस्तुको रुपमा रहेको ग्यासको आयात बढेसँगै पाँच वर्षमा १ खर्ब ५ अर्ब १४ करोड रुपैया बराबरको भण्डै १४ लाख मेट्रिक टन ग्यास खपत भएको तथ्यांक छ ।
गत आर्थिक वर्षमा २५ अर्ब रुपैयाँ बराबरको ३ लाख ७७ हजार मेट्रिक टन ग्यास आयात भएको निगमले जनाएको छ । निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले गएको एक वर्षमा २५ अर्ब रुपैयाँ बराबरको ३ लाख ७७ हजार मेट्रिक टन ग्यास आयत भएको बताए ।
