जीप दुर्घटनामा सात जनाको मृत्यु

Avatar photo
Dhadingpost
असार १५, २०७५

सल्लेरी, असार १५ । सोलुखुम्बुको नेचा सल्यानमा आज बिहान जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

तिङ्ला र सल्यानको सिमानामा पर्ने गुप्तेश्वर महादेवको मन्दिर नजिकबाट जीप करिब १ हजार मिटर तल खसेको अनुमान गरिएको छ । विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी प्रधुम्न अधिकारीले जानकारी दिनुभयो ।

आज बिहान नेचा सल्यानबाट काठमाडौं जाँदै गरेको ना१ज १८६० नम्बरको जीप दुर्घटना भएको घटनास्थलबाट सञ्चारकर्मी डिल्ली शर्माले जानकारी दिनुभयो ।

दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि मिनस अस्पताल ओखलढुंगा लगिएको बताइएको छ ।