
झापा, जेठ १७ । झापाको दमक नगरपालिका–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागी भएको छ । आगलामा ३ वटा छाप्रामा क्षति पुगेको छ ।
आगोले बाँसको टाटीबेराबाट बनेको छाप्रो तथा त्यसभित्र भएका सामानहरु जल्दा धनबहादुर माझी, सुरज राई र सुकमाया राईको करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
दमक नगरपालिका–३, बेलडाँगीस्थित सेक्टर एवान हट नम्बर ३५ मा बुधबार दिउँसो २ बजेतिर अचानक आगलागी हुँदा उक्त छाप्रोसहित नजिकै रहेको अन्य दुई वटा छाप्रो हट नम्बर ३३ र हट नम्बर १०८ जलेका हुन्।
आगलागी इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी बेलडाँगीबाट खटिएका प्रहरी टोली र दमक नगरपालिकाको बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा ल्याइएको थियो ।
