आमा बाबुको साथ न जिउदोमा पाए, न आर्यघाटको चित्तामा जल्दै गर्दा

Avatar photo
Dhadingpost
बुधबार, भदौ १५, २०७३

गंगालाल गुरुङ

Ganga lal gurung
एक ताका गायक राजु परियारले गाउनु भएको सुनपानि एल्बमको गीत सुनिरहदा लाग्थ्यो कि यो समाजमा जातीय छुवाछुत छैन सबै खाले मानिस समान हुन । तर पनि यो समाजमा आफूलाई सम्भ्रान्त वर्ग ठानिनेबाट यो संस्कार हटन सकिरहेको छैन । मानिस दिनप्रतिदिन शिक्षित हुदै गए तर पनि यो समाजको वास्तविक अनुहार कहिल्यै फेरीन सकेन । आफूलाई शिक्षित वर्गको दर्जामा राख्नेहरुको घरमा नै यो परम्परा जकडिएर बसेका छन । नेपालमा जातीय छुवाछुत विरुद्धको कानुन बनेको पनि आज दशकौ भयो तर पनि व्यवहारमा लागू हुन सकेन ।

परिवारको दवावको कारण उनको शव पोखरा नल्याई र परिवारको सहभागिता बिना नै केहि साथीभाइ र शुभचिन्तकले चितवनको देवघाटमा अन्त्येष्टी गरिदिएको थियो । सानोमा लालन पालन गरेका बाउ आमा पनि छोराको लाश हेर्न समेत नगएसी उनको काजक्रिया गर्ने मान्छे समेत रहेको छैन ।

आज आफूलाई सरकारी कानुनको अधिन र राज्यको नुन पानी खाने सरकारी कर्मचारीको घरमा छोईछिटो चल्छ । समाजलाई सम्मुनत दिशा तर्फ दो¥याउने शिक्षकको घरमा बाहिर बसेर खाना खानुपर्छ । आखिर कानुन त बन्यो कार्यान्वन कहाँ भयो ? अझै पनि कथित दलित समुदायले चलाएको रेष्टुरेन्ट छ भने त्यहाँ गएर खाजा खान हिच्किचाईरहेका हुन्छन । घरमा कामदार राख्नदेखि कोठा भाँडामा दिन प¥यो भने सर्वप्रथम उसको थर अर्थात जात सोधेका हुन्छन ।

केहि समय अघि चर्चित लोक तथा दोहोरी गायक आयूस परियारलाई पोखरामा थर थाहा पाएपछि घरवेटीले निकालदिएको,काठमाण्डौमा सञ्चार माध्यममा काम गर्ने विक थरकी महिलाले जात थाहा पाएपछि अग्रिम कोठाभाँडा बुझाउदा पनि १५ दिनमा नै कोठा छाडनु परेको यी यावत घटना त प्रतिनिधीमूलक घटना मात्र हुन । समाजका कहलिएका कलाकार र सञ्चारकर्मीको त यो हालत छ भने समाजले भन्दै आएका सामान्य दलित जनसमुदायको अवस्था कस्तो होला ?
आजको मैले लेखमा जोडन खोजेको प्रसंग के हो भने गत भदौ ९ गते रौतहटको गौरबाट पोखराको लागि छुटेको ग १ख ३७०९ नम्बरको बस भदौ १० गते बिहान करिब साँढे चार बजे चितवनको चण्डीभञ्ज्याङ नजिकै कालिखोलामा दुर्घटना भयो । दुर्घटनामा परि सोहि दिन बस चालक सहित २२ जनाको मृत्यु भयो । गत सोमबार त्रिशुलीमा हराइरहेका मध्ये ३ जनाको शव फेला परेका छन । यो सँगै सो दुर्घटनामा मर्नेको संख्या २५ पुगिसकेको छ भने अझै पनि ६ जना हराईरहेको भन्ने प्रहरी सामु उजुरी परेका छन । १७ भन्दा बढि घाईते अहिले पनि चितवनको विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ ।

मरेपछि ओखती भने झै जव ठूलो दुर्घटना हुन्छ हाम्रो पार्टीले गहिरो दुःख व्यक्त गर्दछ भनि शोक वक्तव्य जारी गर्न नेपालका राजनैतिक पार्टी तथा भातृ सङगठन आतुर भएका हुन्छन । अनि आदेश जारी गर्छन फलानो ठाउमा भएको दुर्घटनामा हाम्रो पार्टीका कार्यकर्ताहरुलाई उद्धारमा खटिन निर्देश गर्दछु । आखिर यो परम्परा कहिले सम्म । राजनैतिक पार्टीका प्रमुख ज्यू सक्नुहुन्छ भने भातृसङगठनलाई वाटो विस्तार , पुल निर्माणको कार्य , सडक विस्तार भएको ठाउमा ग्राभेल गरि पिच गर्ने काममा तागरुकताका साथ लाग्न निर्देशित गर्नुस तपाईको पार्टीलाई सारा जनताले मान्ने छन । आज मरेपछि यो र त्यो नाममा निर्देशित गरेर जनताले पत्याउने वाला छैन
त्रिशुली तिरतिरै भएर यात्रा गर्नुपर्दा लाग्छ की गाडि आफ्नो ज्यानलाई एम्बुसमा राखेर यात्रा गरिरहेका छौ । भदौ १० गते भएको सो भयानक दुर्घटनाको मुख्य कारण सडक नै रहेको देखिन्छ । ग १ ख ३७०९ नम्बरको बस चालक थिए कास्की लेखनाथका लोकराज पौडेल । उनी भदौ ६ गते नाईस नेपाल ट्राभल्सको ग १ ख ४४६२ को गाडि लिएर भदौ ७ गते गौर पुगेका थिए । सोहि दिन बेलुका गौरबाट यात्रु लिएर पोखरा आए । भदौ ८ गते बिहान पोखरा आईपुगेका थिए । सोहि दिन बेलुका पुनः ग १ ख ३७०९ नम्बरको गाडिमा यात्रु लिएर गौर गएका थिए । भदौ ९ गते बिहान गौर पुगेका पौडेल दिनभरी आराम गरि पुन बेलुका सोहि बस लिएर बेलुका करिब ६ बजे गौरबाट पोखराका लागि हिडेका थिए ।

रातभरीको यात्रा र लगातारको क्यू परेका पौडेल बिहान करिब साँढे चार बजे चितवनको चण्डीभञ्ज्याङ आईपुग्दा बस कालिखोलामा खस्यो र उनी सहित २२ जना कहिल्यै नउठने गरि चिर निन्द्रामा परेका छन ।वि.सं. २०४२ साल माघ १७ गते जन्मिएका पौडेल हाल ३१ वर्ष भएका थिए । उनी पेशाले गाडि चालक हुन । उनी सानो हुदा नै आमाको मृत्यु भएपछि मातृ ममताबाट बञ्चित थिए । आमा बितेको केहि समय पछि बाबुले दोस्रो बिवाह गरेपछि उनी कान्छी आमाको स्याहार सुसारबाट हुर्किएका थिए । उनले औपचारिक शिक्षा कक्षा ९ सम्म मात्र पढेका उनी शुरुमा गाडिको सहचालक खलासीको काम गर्दै बसचालक बनेका थिए ।

उनले शुरुमा पोखरामा रहेको माउण्ट अन्नपूर्ण क्याम्पसको बस चलाएर बस चालकको काम शुरु गरेका थिए । कामको शिलसिलामा सोहि क्याम्पसमा काम गर्ने स्टाप परियार थरकी महिलासँग माँया प्रेम बस्यो र उसले अन्तर जातीय विवाह गरे । समाजले तल्लो जातको केटि ल्याएको भन्दै बहिस्कार र घर परिवारले पनि नस्विकारे पछि उनी आफ्नो श्रीमतिसँग बस्दै आएका थिए ।अहिले उनको श्रीमति र एक छोरी रहेका छन । उनी कुशल चालक थिए । काम गर्ने क्रममा यो सहचालकले गर्ने हो यो काम मेरो होईन ।मैले गर्नी होइन भावना कहिल्यै आएन ।
समाजबाट हेपिएर आफ्नौ श्रीमतिसँगै बस्दै आएको पौडेल मरेपछि पनि परिवार र समाजले स्विकारेन ।

परिवारको दवावको कारण उनको शव पोखरा नल्याई र परिवारको सहभागिता बिना नै केहि साथीभाइ र शुभचिन्तकले चितवनको देवघाटमा अन्त्येष्टी गरिदिएको थियो । सानोमा लालन पालन गरेका बाउ आमा पनि छोराको लाश हेर्न समेत नगएसी उनको काजक्रिया गर्ने मान्छे समेत रहेको छैन । समाज र परिवारले अन्तरजातीय विवहको कारण बनाई वहिस्कार गरेकोले उनको काज क्रिया कसरी र कस्ले गर्ने भन्नेमा अन्योल रहेका छन ।
यसरी मान्छेलाई आफ्नो गन्तव्य सम्म पु¥याउने एउटा चालक आज आएर समाजको कुरिती र कुसंस्कारको कारणले मर्दा अन्तिम सदगति गरिदिने मान्छे समेत भएन । कानुनमा छ जातीय छुवाछुत गरेका २५ हजार जरिवाना र ६ महिनादेखि १ वर्षसम्म कैद सजाय तर के गर्नु आज एउटा चालक हजारौ मान्छेलाई आफ्नो गन्तव्य पु¥याईदियो तर आफू मर्दा अन्तिममा गन्तव्यमा पु¥याईदिने  कस्ले ?