नगरपालिका भएर पनि जुरेथुम किन पछि ?

Avatar photo
Dhadingpost
सोमवार, साउन १७, २०७३

गंगालाल गुरुङ

  • 182920_409100829197343_973814281_n
  • जुरेथुम बिकासको सम्भावना भएर पनि पछि परेको ठाउ हो । नगरपालिकामा रुपान्तर हुनु भन्दा पहिले धादिङ जिल्लाको सदरमुकाम रहेको गाविस नीलकण्ठ गाविस वडा नं.९ जुरेथुम धादिङबेशी सिरानबजार भन्दा माथि हेर्दा प्रष्ट रुपमा देखिने जुरे पहाड भएको ठाउ हो जुरेथुम। भौगोलिक हिसावले हेर्दा रमणिय ठाउँ प्राकृतिक छटाले भरिपूर्ण रहेको जुरेथुम पुग्न धादिङबेशीबाट मात्र ७ किलोमिटरको दुरीमा रहेको जुरेथुम पुग्न धादिङबेशीबाट मोटरबाटो र पैदल मार्फत पनि सजिलै पुग्न सकिने जुरेथुममा आफ्नै पहिचाहन रहेको छ।नाम सुन्दा पनि अचम्म लाग्ने तर यसको किवंदन्ती भने हालसम्म पनि पत्ता लाग्न सकेको छैन के कारण जुरेथुम भनियो भनेर।तर केहि वृद्धवृद्धाहरुबाट बुझ्दा धादिङबेशीबाट उकालो फर्केर हेर्दा गोरुको जुरो जस्तै पहाड देखिएकाले त्यै भएर जुरेथुम राखिएको हो भन्ने कथन पनि रहि आएको छ।कुल १२० गुरुङ जातिको मानिस मात्र बसोबास गर्दै आएको जुरेथुमलाई चिनाउने अर्को महत्वपूर्ण धार्मिक स्थल भनेको बागेश्वरी मन्दीर हो।जहाँ हरेक वर्ष मंसिर पूर्णीमामा जात्रा लाग्ने गर्दछ ।

    बागेश्वरीमा पुजा गरेमा आफ्नो मनोकांक्षा पुरा हुने धार्मिक मान्यताको कारण मंसिरमा पूर्णीमामा लाग्ने जात्रामा टाढा टाढा देखि श्रदालु भक्तजनहरु ऋाउने गरेका छन।जुरेथुमको डाँडाबाट धादिङको प्रमुख स्थलहरु ग्ांगा जमुना झरना,झार्लाङ दार्खा ,सेम्जोङ, तिप्लीङ , सुनौला बजार भैरवी डाडा,गणेश हिमाल, माछापुच्छ«े हिमाल, अन्नपूर्ण हिमाल आदि प्रष्ट रुपमा देखिने गर्दछ । ढोडेनी , भुलभुले , केराबारी , पात्ले , चिसापानी आदि ठाउहरुले घेरिएर रहेको गाउँ जुरेथुम हो।

    किन पछि प¥यो जुरेथुम ?

    धादिङ सदरमुकाम बाट नजिकै रहेको जुरेथुम बति मुनिको अध्यारो जस्तै रहदै आएको छ ।ग्रामिण सडक सञ्जालले छोएपनि स्तरोउन्नति हुन नसक्दा धादिङबेशी सिरानबजार उकालो लागेसी धुलो र हिलोले कहिले छोडेको छैन । ग्रामिण सडक सञ्जाल सञ्चालनमा आएको आज १० औ बर्ष बितिसक्दा पनि ग्राभेलसम्म पनि हुन नसक्दा हिउदामा धुलो र बर्खामा हिलोले सताउने गरेका छन । आज धादिङ काउले सडक जोडिएको यतिका बर्ष बितिसक्दा पनि किन ग्राभेल सम्म भए पनि हुन सकेन ? धादिङबेशीबाट जुगेधारा पुग्नको लागि पनि बर्खामा आउने भेलले खोलेको सडक खाल्डो परेर जोखिम पूर्ण यात्रा गर्न बाध्य भएका छन। भण्डारी गाउ, ढोडेनी,जुरेथुम, सिउडिवार, चिसापनी गैरीबसाहा, डाडाबसाहा , धुसेनी, काउले जाने बासिन्दा ज्यान जोखिम मोलेर यात्रा गर्न बाध्य रहेका छन ।

    यहि बस्तीका बासिन्दाले भोट हालेर जिताएर आज सांसद बन्नु भएका उहाँहरु कतिको यो दुर दशा हेर्नु भाछ त्यो थाहा छैन । कहिले गंगालालले जिते , कहिले रामनाथ त कहिले कल्पना धमला देखि गुरु बुर्लाकोटी यहि गाउ बस्तिका नागरिकले भोट दिएर जितेर जानु भयो तर बिकासका पूर्वाधार सुधारमा भने कसैको ध्यान जान सकेन । जुरेथुम , सिउडिवार , ढोडेनी , चिसापानी । डाडाँबसाहा, गैरीबसाहा धुसेनी गाउको लागि हालसम्म पनि एउटा स्वास्थ्य चौकी बन्न सकेको छैन ।कोहि बिरामी परे ३ , ४ घण्टाको बाटो बोकेर लानु पर्ने अवस्था रहेको छ । यदि कुनै बेला मौकाले ट्रक भेटिहालेमा बाटोको बिग्रदो अवस्थाको कारण बिरामी झन बिरामी हुने अवस्था आउने देखिन्छ । यस तर्फ सम्बन्धित निकायको ध्यान किन जान सकिरहेको छैन । नगरपालिका रहेको ठाउ जहााँ स्वास्थ्य जस्तो संवेदनशील पाटोमा यति सम्मको लापरवाही । हाल चिसापानीको आहाल डाँडामा स्वास्थ्य चौकी बनाउने भन्ने कुरा भएको छ त्यो जनताको लागि कतिको पहँुचमा रहने हो र पायक पायक परेको ठाउमा रहेको छ या छैन त्यो भोलीको दिनले बताउने छ । पहुँच हुने ठाउको मात्र बिकास हुने नत्र भने अरु हेरेको हेरै भने जस्तै भएको छ । धादिङ काउलेको बाटो ।
    जुरेथुमबाट धादिङबेशी आउन ३० , ४० मिनेट लाग्ने गर्दछ । सदरमुकामबाट नजिक रहेको यहि ठाउमा हालसम्म पनि बिकासका पूर्वाधार पुग्न सकेको छैन । जुरेथुममा न त टोलीफोन सेवा विस्तार छ न त इन्टर नेट, कुन आधारमा नगरपालिकामा रह्यो त्ये रहस्य मय बनेको छ। एकै जातिको बसोबास रहेको जुरेथुममा एकलौटी रुपमा गुरुङ जातिको बसोबास रहेका छन । तर पनि जुरेथुम बिकासको सम्भावनाबाट भने पछि नै रहेका छन ।जुरेथुम बासिको आय श्रोतको बाटो के हो ?

    त्यो अझैसम्म पनि प्रष्ट हुन सकेको छैन ।जुरेथुमका युवाहरु आफ्नो जिल्ला भन्दा बाहिर वा आफ्नो मुलुक भन्दा बाहिर गएर कमाएको पैशाले घर व्यवहार धानेका छन । घरायसि आम्दानीका पाटाहरु नहुदा सबै गाउवासी बाहिरी कमाइको भरमा नै निर्भर रहेको छ । व्यावसायिक ढंगबाट आय आर्जन गर्ने मान्छेहरु जुरेथुममा रहेका छैनन् । केहि समय अघि जुरेथुममा रक्सि निषेधको अभियान पनि सञ्चालनमा आएको थियो । घर घरमा रहेको रक्सि बनाउनी हाँडा भाडा निकालेर फुटाउनी काम समेत भयो तर त्यो काम धेरै समय टिक्न सकेन । घर नजिकै रहेको पशुपालनको लागि उपर्युक्त ठाउमा कबुलियति बन बनाएर त्यो बाट हाल गाउले कतिको फाईदा लिन सकेको छ की छैन । कबुलियति बन भनेर त्यसबाट आम्दानीका बाटाहरु खुलेका छन की छैन ?

    हुन त आम्दानीको लागि सबै काम गरिन्न तर पनि पशुपालनको लागि बनमा रहेको घाँस उपयोग गर्न सकेको छ या छैन त्यो सोच्नु पर्ने हुन्छ । फाइदाको बाटो के हुन सक्छ बनबाट फाइदा कसरी लिन सकिन्छ भन्ने तर्फ । यो भनिरहदा बन बिनाश गरेर भने कदापि होईन ।
    केहि समय अघि प्रत्येक घर घरमा ४, ५ वटाका दरले बाख्रा वितरण गरेर आय श्रोतको बाटोहरु बढाउने पहल भएको थियो तर आज भोली ५ वटा बाख्रा बाट जुरेथुममा बाख्रा वृद्धि भएर ५० , ६० बाख्रा पुग्न सकेको कसैको घरमा देखिन्न । कबुलियति बनबाट हाल के कुरामा फाईदा भएको छ त्यो कुराको पनि मुल्याङकन गर्नु हामि सबैको दायित्व रहेका छ ।

    यदि त्यसको सहि सदुपयोग आफूहरुले उपयोग गर्न सकेको छ की छैन आफू स्वाबलम्बी बन्नी बाटोमा लाग्नु जुरेथुमको बासिन्दामा सचेतना फैलाउन जरुरी रहन्छ । जुरेथुममा विस २०६६ सालबाट शुरु भएको खानेपानी हाल आएर त्यो खानेपानीलाई निरन्तर दिन पनि अप्ठयारो स्थितिमा पुगेको देखिन्छ जहाँ हाल माझ गाउमा मान्छेहरु विस २०६६ साल भन्दा अगाडिको अवस्थामा नै फर्किएको्छ । जहाँको मानिस अहिले पनि खानेपानी बोकेर खान बाध्य हुनु भएको छ । खानेपानीको पाइप मुसाले खाएसी फेर्न पर्ने अवस्था आउदा फेर्न सकिरहेको छैन । तल्लो जुरेथुममा पनि पधेरोको पानी ल्यउनी भन्ने सम्बन्धमा हाल चुस्त रुपमा काम अघि बढन सकिरहेको अवस्था छैन । अहिले मध्य बर्खामा पनि खोलाबाट पानी बोकेर खानु पर्ने अवस्था आएको छ । जुरेथुममा सञ्चालित खानेपानीको लागि कुनै संघ संस्थाबाट सहयोग प्राप्त हुन नसक्दा भोलिका दिनमा खानेपानी दिर्घकालिन रुपमा उपभोग गर्न सकिएला नसकिएला त्यो चिन्ताको विषय बनेका छन । जुगेधाराको पानी गाउमा आएसी जुरेथुम बासिन्दा के कुरा चाहि सदुपयोग ग¥यो त्यो सोचनीय बिषय बन्न पुगेको छ ।

    पानी आउदा त्यसको कर पानी बाट नै तिर्न सक्यो की परदेश पसेको छोराको कमाइबाट तिरियो त्यो गम्भिर भएर सोच्नु पर्ने बेला आएको छ । पानीले सिंचाई गरेर कृषिजन्य उत्पादन गरि त्यस बाट आएको रकमले महशुल बुझाउने कति जना हुनुहुन्छ जुरेथुममा ? पहिले ४ बजे उठनी गाउ बासि आजभोली ६ बजे उठन थाल्नु भएको छ । पहिले बेलुका चाँडै सुतेर भोली बिहान चाँडै पानी लिन जानु छ भन्ने गाउ वासि आज भोली बेलुकामा ११ , १२ बजेसम्मका सिरियल हेरेर बस्ने गरेका छन । फुर्तिलो हुने बाबु नानी हरु ६ , ७ बजे उठन थालेका छन । खानेपानीको पैशा पानीले नै तिर्न सकेको छ की छैन सोच्नु होला रु माथि उल्लेखित त समस्या रह्यो अब समस्या छ भनेर पन्छिएर बसिरहनु पनि भएन । त्यसको समाधान तर्फ पनि अगाडि बढनु अबको चुनौतिको पर्खाल उभिएका छन । जुरेथुममा खानेपानीबाट सिंचित गर्न त नपुग्ला जहाँसम्म लाग्छ तर त्यो खानेपानी लिन जाने समय त बचेका हुन्छ त्यो बचेको समयमा आम गाउ बासि के गरिरहनु भएको छ त्यो मनन् गर्नी बेला आएको छ । जुरेथुमको प्रमुख समस्या भनेको बजारीकरण हो ।

    १० , १२ केजि लसुन उत्पादन ग¥यो बेच्न जाने कहाँ ?जसोतसो तरकारी उत्पादन ग¥यो लानि कहाँ ? यी समस्याहरुले पिल्सीरहेको बेलमा अबको रणनीति भनेको बजारीकरण तर्फ ध्यान दिनु पर्ने अवस्था रहेका छन । यसको लागि सहज बजार व्यवस्थापन तर्फ ध्यान दिनु आजको अपरिहार्यता भएको छ।जुरेथुम पहिलेको भन्दा शैक्षिक गुणस्तरमा माथि उठेका छन चाहै औपचारिक शिक्षा होस या अनौपचारिक शिक्षा होस । अलिे सबैजना सञ्चारको पहुचमा हुनुहुन्छ । पहिले घरमा रेडियो पनि हुने थिएन तर आजभोली प्रत्येक घर घरमा जस्तो टेलिभिजनको पहुँच पुगेका छन।तर पनि सह िसदुपयोग कतिका भएका छन ।

    गरे हुदो रैछ भन्नी खालको कार्यक्रममा आँखा पुग्न सकेन की जुरेथम वासिको बच्चाहरु कार्टुन हेर्ने अनि बुढाहरु नेपाली समाचार हेछु भन्दा पनि नपाउनी अवस्था सिर्जना भएको छ । यो एउटा विकराल समस्या बनेर आएको छ । गाउमा रहनु भएको आदरणीय आमा बुवालाई कृषि तर्फ प्रेरित गर्ने टिभि कार्यक्रम हेनै वातावरण कसरी सिर्जना गर्ने हो त्यो तर्फ सबैको ध्यान जान आवश्यक देखिन्छ । सामाजिक सचेतना कमि हुदै गएको छ त्यसको पुर्नजागरण ल्याउनु अवको प्रमुख प्राथमिकता हुनुपर्छ । जुरेथुममा अनौठो परम्परा शुरु भएको छ कोदो रोप्दा होस या कुनै काम गर्दा होस रक्सि नभई काम एक पाइलो अघि नबढने । कहाँबाट सिको ग¥यो यो परम्परा ? रक्सि बन्देज गर्नु नराम्रो हो संस्कारमा नै चाहिन्छ तर रक्सि व्यवस्थापन गर्नु जुरेथुममा नितान्त जरुरी देख्छु । निश्चित समयमा, निश्चित ठाउमा, रक्सी खाने समय तोकिनु गाउ बासिको भेलाले निर्णय गर्न जरुरी छ ।