गोगनपानीको विकासमा कस्को कति भुमिका

Avatar photo
Dhadingpost
सोमवार, चैत्र २३, २०७१

gobinda subediगोविन्द सुवेदी ।
धादिङ जिल्लाको निर्वाचन क्षेत्र नम्वर २ मा अन्तगतको गोगनपानी गाउ विकास समितीमा विकास गर्नको लागी संम्भावना बोकेको गाविस हो भन्दा फरक पदैन यसको विकासको लागी राजनितीक् दलका नागरीक समाज पत्रकार समाजका सवै सरोकारवाला सवैको भुमीका उतिकै हुन्छ । यसको लागी राजनितीक दलको भुमीका र नागरीक समाजको भुमिकालाई मुख्य रुपमा लिन सकिन्छ । यसको आर्थिक सामाजीक राजनिती शैक्षिक अवस्था लगाएका सम्पुर्ण अवस्थाको विकाश हुन जरुरी छ । आदरणीय पाठक बर्ग यसको विकासमा को को कति कति भुमिका हुन्छ भन्नु भन्दा पहिले यसको अवस्थाको बारेमा मैले जानेको जति र्चचा गने अनुमति चाहन्छु ।
१) भौगोलिक तथा भौतिक अवस्था
गोगनपानी गाविसको भौगोलिक एव भौतिक स्थिती निम्न प्रकारका छन ।
१.१) भौगोलिक अवस्थिती ,सिमाना तथा राजनैतिक , प्रशासनिक विभाज
यस गाविस जिल्लाको सदरमुकाम धादिङवेसीबाट दक्षिण पुर्वमा समुद्र सतहबाट ५८० मि देखी १४४३ मि. को उचाईमा अवस्थीत गाविस हो । देशको राजधानी काठमाण्डौबाट ३६ कि.मि थाक्रे गाविसको महादेववेसी बाट वा धादिङवेसीबाट ४२कि मी भुमेस्थानको सिम्लेबाट गाविसको कार्यलय पुग्नको लागी २ः३० घण्टाको उकालोको पैदल यात्राबाट पुग्न सकिन्छ । गोगनपानीको सिमाना दक्षिणमा भुमेस्थान गाविस,दक्षिण पश्चिममा वैरेनी र कल्लेरी गाविस उतरमा नुवाकोटको दुईपिपल गाविस तथा दक्षिण पुर्वमा थाक्रे गाविससंग सिमाना ज्ञासेर अवस्थित छ यो गाउ विकास समितीको भौगोलिक अवस्थिती ,सिमाना तथा राजनैतिक , प्रशासनिक विभाजको अवस्था यस्तो रहेको छ ।
१.२) माटोको बनावट र अर्वराशक्ति
यस गाविसको माटोबो बनावट प्रायः दोमट बलौटे प्रकारको भए पनि कतै बलौटे मात्रै कतै रातो चिम्टायाईलो र कतै कालो माटो पनि पाईन्छ । उत्पादनका हिसावले दोमट बलौटे माटो राम्रो मानिए पनि बलौटे माटोलाई राम्रो मान्न सकिने अवस्था छैन । यहुाँको अधिकांश कृषकहरु लगानी अनुसारको प्रतिफल प्राप्त गर्न नसक्नु विभीन्न कारणहरु मध्ये माटोको बलौटे पनि प्रमुख कारण पनि मान्छन । यसका कारणले गर्दा युवा शक्तीहरु वैदेशीक रोजगारका लागी विभीन्न खाडी मुलुक जाने क्रम पनि बडदो मात्रामा छ भन्दा पनि अन्याए नहोला । माटोे बनावटको हिसावले मान्खुटार गोगनपानी रातमाटो, वडा नं. १ कंक्रिट मिसिएको माटो गाविसको उतरी भेगमा कालो माटो दक्षीणी भेगमा रातो सेतो फुस्रो वडा नं. २ र ४ मा सेतो माटो ५ भने अन्य व८ाहरुमा बलौ६े खालको मा६ो ५ । झ०८ै टछ प्रतिशत मा६ो बलाटे ५ भने करीव ३५ प्रतिशत जति मात्रै रातो, सेतो, फुस्रो, कालो एवं कंक्रि६ मा६ो आदि रहेको ५ ।
भूक्षय सम्भावित क्षेत्र
गोगनपानी गाविसको भूवनोट भिरालो भएकोले भूक्षय सम्भावित क्षेत्रहरु प्रशस्त छन् ।। भूक्षय सम्भावित क्षेत्रहरुका वडा नं ७ मा पैरे अजमारामा ५० मिटर, गडपानीमा १०० मिटर, भसभसे १५०मिटर, वडा नं. ज्ञ मा चरीपौवा १०० मिटर वडा नं. छ र ६ को सांध केउरीनिमा १०० मिटर, वडा नं. ६ पौवाको भिर १०० मि वडा नंं ड वेल्टार र डहरागैरामा १०० मिटर तथा वडा नं. ९ को वाख्रीडांडा १०० मिटर र असारेमा ३ मीटर चौडाई सम्म छ ।
जलभण्डार
गोगनपानी गाविसको ८० प्रतिशत जनताहरु कृषि पेशामा आधारित भएतापनि यहां सिंचाइृको भरपर्दो श्रोत भने उपलब्ध छैन । खेतीपाती मुख्यतः र्पूं रुपमा आकाशेपानीमा आधारित ५ । जलभण्डारको हिसावले यस गाविस संग जोडिएका केही प्रमुख नदीहरु त्रिशुली तथा खोलाहरुमा महेशखोला, कोल्पु खोला रहेका छन् । साना तथा मझौला खालका खोला÷खोल्सीहरुमा असारे खोला, धोवी खोला, खोलेखोला, ठूलोखोला, घयाम्पे सल्ला खोला, सती खोला, अंधेरी खोला, सांधी खोला आदि रहेका छन् । गोगनपानी गाविसको सिंचाईको लागि सबै भन्दा उपयुक्त र सम्भावना भएको महेशखोला र कोल्पु खोला नै हुन् । मुख्यतयः कृषिमा आधारित गाविस भएपनि यहांको बलटे माटो, जलश्रोतलाई व्यवस्थित गर्न सकियो भने राम्रो अवसरहरु रहेका छन् । फलपूmल, तरकारी तथा वेमौसमी खेती गर्न यस प्रकारको माटो उपयुक्त मानिन्छ । भू क्षेत्र भिरालो भएकोले सिंचाई गर्न सीमित श्रोतले गर्न सकिने हुन्छ । अनुभवी तथा दक्ष कृषि प्रविधिको उपयोग खेतीपातीमा व्यवसायिकरण गर्नु पर्ने आवश्यक रहेको छ ।
भू उपयोग सम्वन्धी नक्शा
गोगनपानी गाविसको भूउपयोग मिश्रित खालको छ । शायद कृषि प्रणालीमा आधारित जीविकोपार्जनले नै यसो भएको हो । किनकी मानिसहरु दैनिक जीविकोपार्जनको वस्तुहरुको उत्पादन गुर्न पेर्न वाध्यताको वावजुद पनि वातावरणले पनि प्रभाव परोको हुन्छ । अर्थात कुनै पनि ठाउंको वातावरण तथा भूउपयोग एक अर्कासंग अनुन्याश्रित सम्वन्ध राखेको हुन्छ ।
कृषि उपयोग नक्शा
कृषि उपयोगलार्य भू बनौट, वातावरण तथा मानिसहरुको सांस्कृतिक पक्षले समेत पनि प्रभाव पारेको छ । यी सम्वन्धमा मानवशास्त्री÷समाजशास्त्रीहरुले विभिन्न किसिमको सिद्धान्तहरु प्रतिपादन गरेका छन् जसले यिनीहरु बीचको सम्बन्धको व्याख्या गरेको पाईन्छ । यसैको आधारमा अहिले नयां नयां प्रविधि सफल विफलता तर्फ लम्केको पाइन्छ । यसै गरी यो गाविसको जग्गामा कृषि उपयोग भैराखेको पाइन्छ । मानिसहरु वातावरण, भू बनोटले एवं सामाजिक आर्थिक आधारमा कृषिको उपयोग गरेका छन् । यहां धान, मकै, कोदो, केही गहुं तथा तरकारी खेती गरिन्छ । तर पनि यो गाविसका यी वालीहरु सम्वन्धीत क्षेत्रमा उत्पादन अत्यधिक हुने गर्दछ । गोगनपानी गाविसको २ नं. वडा साउने फांट, वडा नं. ७ को वालुवा फांट, ६ नं. वडाको मान्खुटार धानवालीको लागि प्रख्यात छ । वडा नं. ३ गोगनपानी, वडा नं. ४ को भिरपानी, वडा नं. ६ को मान्खुटार वित्लव वडा नं. ८ को गुआवारी तथा वडा नं. छ को हल्थुम क्षेत्रलाई बढी तोरी हुने क्षेत्रमा गणना गर्न सकिन्छ भने गोगानपानी गाविसको वडा नं. ६ को मान्खुटार र ७ नं.को वालुवाफांटमा वेमौसमी तरकारी उत्पादन गरिन्छ । छ नंं वडाको रिजालथोक, वटा नं.९ को गुआवरी, वडा नं. ७ को पेरै को साथै वडा नं. २ को खयरवारी तरकारी उत्पादनको हिसाबले अगाडि आउंछ । गाविसको वडा नं. ४ र ९ मा अमिलो जातको फलपूmल, मान्खुटार, पैरे, हल्थुम, एवं वित्लवमा रुखकटहर र भुईं कटहर, आंप केरा, लिचि आदिको राम्रो उत्पादन हुने गरेको पाईन्छ । यस गाविसको वातावरण तथा भूवनौटले यी माथिका वालीको साथै मौरीपालन तथा अन्य खेतीपाती हुने प्रवल सम्भावना विद्यमान छ । तर पनि यस सम्बन्धी कुनै अध्ययन÷प्रयोग भने भएको छैन । हाल कृषि उपयोगलाई पनि व्यवसायिकरण गर्दै लगेमा आर्थिक अवस्थामा सुधार भई जीवनशैलीमा समेत परिवर्तन गर्न सकिने अवस्था रहेको छ ।
बस्ती विकासको अवस्था
गोगनपानी गाविसमा प्रायः मिश्रित खालको वस्ती विकास भेटिएतापनि कुनै कुनै भेग वडा यसबाट पृथक भने अवश्य छ । यस गाविसमा जातीय आधारमा ३ नं. वडा नं. ३ को सार्की टोल एक मात्र छ , त्यस्तै गरी जनजाति हिसावले वडा नं. ४ र ९ मा तामाङजातिहरु मात्र बसोबार गरेका पाईन्छ । वडा नं. १ मा मगर जातिको बाहुल्यता, वडा नं. २ र ३ को माझगाउंमा मिश्रित छ भने वडा नं. ७ को भसभसेमा चेपाङ, पैरेमा जोगीडांडामा तामाङ, अजमारामा ब्राहम्मण जनातिहरुको बसोबास रहेको देखिन्छ । वडा नं ९ हल्थुममा ब्राह्मण जाति बसोबार गरेका छन् । यी बाहेक यस गाविसको वस्ती विकास मिश्रित खालको छ । यो गाविस पनि हिन्दू धर्म तथा संस्कृतिको आधिपत्य छ भने अर्कोतिर जनजातिहरु समेतले आफ्नो मातृभाषा प्रयोग गरेको पाईंदैन । यसले गर्दा यहां जातिय वा भाषिक द्वन्द नभएको स्पष्ट गर्न सकिन्छ । यहांका अधिकांश मानिसहरु हिन्दू धर्म मान्ने गर्दछन् । साथै यहांका मानिसहरु एक अर्धा प्रति सहिष्णु हुनुमा भाषाले मुख्य भूमिका खेलेको छ ।
गाउंको आर्थित तथा रोजगारी स्थिति
गोगनपानीको अर्थतन्त्र कृषिमा आधारित अर्थतन्त्र हो । यहां अन्य श्रोत न्यून छ । त्यसैले कृषि अर्थतन्त्रका विशेषताहरु कुनै कुनै रुपमा भेटिन्छ । यस गाविसमा वेरोजगारी तथा अर्धवेरोजगारीको समस्या रहेको छ ।
गाउंको अर्थतन्त्रको संस्थागत स्वरुप
गोगनपानी गाविसको अर्थतन्त्र कृषिमा आधारितको साथै जिविकोपार्जनमुखी अर्थतन्त्र हो । कृषिमाम व्यवसायिकरणले भर्खरै प्रवेश गरेको छ । केही वडामा केही मानिसहरु दुध उत्पादन तथा वेमौसमी तरकारी उत्पानमा लागेका छन् । ९९ प्रतिशत मानिसहरु कृषि पेशामा संलग्न छन् भने करिब १ प्रतिशत जति अन्य पेशामा संलग्न रहेका छन भन्दा फरक पदैन । कृषिको उत्पादन गडरी त्यसको विक्रि वितरणबाट अन्य सुविधा तथा अत्यावश्कीय समानहरु खरी गर्ने गरेको, सुधारोन्मुख भन्दा ह«ासोन्मुख अर्थतन्त्र भेटिन्छ । वडा नं. ६ र ७ वाहेक अन्य क्षेत्रको जिविकोपार्जन मुखी कृषि अर्थतन्त्र ५ ।
कृषि उत्पादन तथा खाद्यान्न आत्मनिर्भरत
यस गाविसको कृषि उत्पादन अपर्याप्त रहेको छ । अर्थात खाद्यान्न आपूर्तिको स्थिति तलको तालिक स्पष्ट गर्दछ । गोगनपानी गाविसमा हाल पनि खाद्यान्न आपूर्ति स्थिति नाजुक छ । छड प्रतिशत जनताहरु जसोतसो दुई छाक पेट भर्ने गर्दछ । त्यस्तै १० प्रतिशत लाई ३ महिना मात्र खान पुग्ने २२ प्रतिशत लार्य ६ महिना १० प्रतिशत ९ महिना तथा १९ प्रतिशत मात्रलाई वर्ष भरी खान पुग्ने खाद्यान्न उत्पादन हुन्छ । यसरी यस गाविस खाद्यान्न कमी रहेको छ ।
कृषि भूमिको आकार तथा स्वामित्वको स्थिति
यस गाविसको भूमि खण्डित रहेको छ । अर्थात चाक्लाबन्दी भएको प्लट खालको जग्गा छ । त्यस्तै भूस्वामित्वको हिसावले न्यून मानिसहरु मात्र भूमिहिन छन् । गाविसको सर्वेक्षण २०५८ अनुसार ३ प्रतिशत भूमिहिन, ७ प्रतिशत धुरीसंग ३ रोपानी सम्म जग्गा, २÷१० रोपनी ३५ प्रतिशत, ११÷२० रोपनी १२ प्रतिशत, ११, १०÷३० रोपनी २० प्रतिशत धुरी संग रहेको छ ।
आदरणीय पाठकवर्गहरु माथी मैले उल्लेख गरेका कुराहरु यस गाविसको भौतिक आर्थिक लगाएतका विषयमा मात्र भए अव थोरै मात्रमा कुरा गरौ कसले के गरेमा कसले के भुमीका निर्वाह गरेको खण्डमा गोगनपानी गाविसको विकासको गति अगाडी बडन सक्छ ।
नागरीक समाज तथा गैर सरकारी संस्था
गोगनपानी गाँउ विकास समितीको विकासका लागी नागरीक समाज तथा गैर सरकारी संस्थाहरुको पनि भुमीका महत्वपुण रहन्ेछ । यसबाट अशिक्षित रहेका नारीकलाई शिक्षा दिने गाउको विकासको निमीत लागी पर्ने अभिप्ररीत गर्ने सामाजीक कार्यमा अगाडी बडदा नागरीक समाजका अगुवाहरुले नेतृत्व लिने गरेमा नागरीक समाज लागेर पनि गोगनपानीको विकासको गतिलाई अगाडी बडाउन सकिन्छ ।
पत्रकार
गोगनपानीको विकासको लागी पत्रकारको पनि महत्वपुर्ण भुमीका रहेको छ । यस गाविसमा रहेको सामाजिक बिकृति विसंगती संस्कृति संस्कार तथा यस गाविसमा रहेका पर्यटकीय स्थलकोबारेमा प्रचार प्रसार गरेर पनि पत्रकारहरु गोगनपानीको विकासमा ठुलो टेवा दिन सक्दछन ।
राजनितीक दलहरु
राजनितीक् दलहरुको पनि यस गाविसको विकासको लागी एक दमै महत्वपुर्ण योगदान रहेको देखीन्छ । यसमा पनि राजनीतीक पाटी अनुसारको भुमीका रहन्छ भन्ने मलाई लागेर मैले जानको जति यहाँ उल्लेख गर्ने जर्मको गरेका छु ।
साना तिना दल
गोगनपानीमा क्रियाशिल रहेको साना तिन दलहरुको पनि गोगनपानीको विकासमा भुमीका रहन्छ । कुन दललाई समर्थन गदा आफुको पाटीको हित हुन्छ । भन्ने धारणा भन्दा पनि गाउको विकासका लागी कसलाई सर्मथन गर्दा हुन्छ । भन्ने सोचेर आफु माथी पुग्ने भन्दा पनि गाविसको विकास क्रम माथी पुग्नेमा ध्यान दिन जरुरी देखीन्छ ।
एनेकपा माओवादी
गत निर्वाचनको परिणामलाई हेर्ने हो भने यो पाटी तेस्रो दलको रुपमा रहेको छ । यसले पनि आफुको राजनीतिक फाईन्दा भन्दा पनि राजनितीक इमान्दारका साथ काम गर्न आवश्यक छ । यो दल पनि गोगनपानीको लागी पनि तेस्रो भएकाले यसले भोलीका दिन फेरी २०६४ मा झै बन्नको लागी पनि राजनिती इमान्दारीतका साथमा विकासको स्रोत खोजी गरी अगाडी बडन सकेमा गोगपानीको विकास क्रम अगाडी बडनमा कुनै दुई मत छैन ।
नेपाली काँग्रेस
गत निर्वाचनको परिणामलाई हेर्ने हो भने यो दल अहिले गोगनपानीमा देश्रो दलको रुपमा स्थापित छ । राजनीतिक किचलो भन्दा पनि मिलेर अन्य राजनितीक दलसंग मिलेरे खण्डमा नेपाली काग्रेस पनि गोगनपानीको विकास क्रम झन अगाडी बडन सक्छ ।
नेकपा एमाले
यो मुलुकको लागी दोस्रो दलमा रुपमा चिनीयको भए पनि यो गाविसमा यो दल पहिलो दलको रुपमा रहेको छ । कृषिकार्य युवा लगाउन सक्ने खालको योजनको निमार्ण गर्ने वैदेशीक रोजगारीका लागी विदेश गईरहेका युवालाई गाउमा नै रोकेर राख्न सकेको खण्डमा साथै सामाजिक विकासका लागी अन्यको तुलनमा अझ बढि जिम्मेवारी लिने गर्दा, शिक्षा स्वास्थ्यका बारेमा जानकारी लिदै जनतालाई वेलैमा जानकारी गराउन जनअवसरको खोजी गने गर्दा पनि नेकपा एमाले गोगनपानीको विकास क्रममा अहिलेको अवस्थामा भन्दा पनि माथी पुगेर गाउ विकास समितीको विकासको लागी परेको जस्तो देखीन्छ ।
समग्रमा
समग्रमा भन्नु पर्दा सवैको भुमीका आ–आफ्नो स्थानबाट महत्वपुण रहन्छ । तर मैले माथी उल्लेख गरेको कुराहरुमा कसैको चित दुखेमा पनि माफी माग्न चाहन्छ । तपाई हाम्रो गोगनपानी हराभरा गोगनपानी बनाउन सकिएमा हाम्रो सान मान पनि माथी पुग्न सक्छ त्यसैले गोगनपानीको विकासका लागी नागरीक समाज पत्रकार,गैर सरकारी संघ संस्था राजनितीक दल सवैको भुमीका उतिकै र अर्थ पुर्ण रहेको छ । govinda.news@gmail.com