
धादिङ । धादिङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रुद्रबहादुर खत्री नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश समितिको कोषाध्यक्ष पदमा विजयी भएका छन् ।
हेटौंडामा सम्पन्न ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचन–२०८२ मा खत्रीले प्रतिस्पर्धी जीवनकाजी मकजु श्रेष्ठलाई पराजित गर्दै जित हात पारेका हुन् ।
बेदबहादुर श्रेष्ठ समूहबाट उम्मेदवार बनेका खत्रीले १३२ मत प्राप्त गरेका थिए भने दुर्गाराज समूहबाट उम्मेदवार बनेका मकजुले ८२ मत ल्याएका थिए ।
उद्योग व्यवसायीहरूको नेतृत्व चयनसँग जोडिएको यस निर्वाचनले बागमती प्रदेशको निजी क्षेत्रलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
